हिजो जेब्रा क्रसिङ बाट बाटो काट्दा बसको ठक्कर बाट मृत्युवरण गरेकी रबिना चौधरी

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौ: राजधानीको बसुन्धारामा भएको सडक दुर्घटनामा हिजो एक युवतीको मृत्यु भएको छ ।जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा आज सोमबार बिहान सुनसरीकी २३ वर्षीया आदिवासी जनजाती थारु समुदायकि नेपाली चेली काठमाडौको पशुपति बहुमुखी क्याम्पस ब्यस्थापन संकायको चौथो बर्षमा अध्यनरत रबिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको हो।साथै आज १०:०० बजे सो घटनाको बारेमा महाराजगञ्ज प्रहरी कार्यालयमा छ्लफल गर्नु पर्ने भएको हुदा संबंधित ब्यक्तिहरु छ्लफल बैठकमा उपस्थित भै दिनु हुन जनाएका छन।

ठक्कर दिने बस माथी प्रत्यक्ष दर्शिहरुले ढुङ्गाले हानेर तोडफोड समेत गरेको छ भने अहिले प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

केही दिन यता नेपालको ट्राफिक प्रहरीहरुले पैदल यात्रुहरुलाइ जेब्राक्रसिङबाट बाटो काट्नु पर्ने नियम लगाएको छ तर बिड्म्बना जेब्रा क्रसिङबाट बाटो काटदा नि यदि यात्रुहरुको ज्यान जान्छन भने यसको जिम्मेवारी कसले लिने?कि ट्राफिक प्रहरी खाली पैदल यात्रु संग पैसा असुल गरि पैदल यात्रुहरुलाइ सास्ती दिने काम मात्र गर्छन।यो सबै बिषयमा संबंधित निकायको चाडै नै ध्यान जाओस् ।


Related Posts: