चलचित्र "म यस्तो गीत गाउछु"को ट्रेलर एकाएक भाइरल ?(भिडियो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म म ‘यस्तो गीत गाउँछु’ को प्रोमो रिलिज गरिएको छ । सुदर्शन थापाको निर्देशन रहेको साँगीतिक लभ स्टोरी फिल्मको प्रोमो मन छुने बनेको छ ।

असार ३० गतेदेखि अल नेपाल रिलिज हुने फिल्म म यस्तो गीत गाउँछु को प्रोमोले के दर्शकलाई हलसम्म आकर्षण गर्छ त ? शुक्रबार दरबारमार्गस्थित राइजिङ मलमा आयोजित प्रेसमा तथा आगन्तुकले प्रोमो उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । प्रेसमिटमा संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र प्रमोद खरेलले फिल्ममा आफुले गाएका गीतहरु गाएर सुनाएका थिए ।
प्रोमोमा ‘तँ त मैंले मात्रै भन्न पाउँछु’ जस्ता संवाद देखि अर्जुन पोखरेलको तीनै गीत तथा संगीतलाई समावेश गरिएको छ । प्रोमोका पात्र, संगीत, संवाद र दृश्यले मन त छुन्छ नै आँखा पनि रसाउँछ ।



Related Posts: