दिल्लीमा राष्ट्रपतिको अपमान भएपछि शीतल निवास पुग्यो प्रधानमन्त्रीको सन्देश

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, ४ वैशाख । भारत भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीको दिल्लीमा अपमान भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

सोमबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी राष्ट्रपति भण्डारीलाई महिला तथा बालविकास राज्यमन्त्री (जो भारतको सबैभन्दा कनिष्ट मन्त्री हो) कृष्ण राजबाट स्वागत गराएर भारत सरकारले अपमान गरेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सन्देश पठाउँदै घटनाप्रति दुःख व्यक्त गरेको स्रोतले जनाएको छ ।

आफ्नो सन्देशमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई छिटो भन्दा छिटो स्वदेश फिर्ता बोलाउन राष्ट्रपति कार्यालयलाई आग्रह समेत गरेका छन् ।

यसैबीच राष्ट्रपति कार्यालयले भण्डारीको भ्रमण छोट्याउने तयारी गरेको छ ।

भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा नै दिएर राष्ट्रपति आफैले स्वागत गरेपनि नेपालका राष्ट्रपतिलाई कनिष्ट राज्यमन्त्रीले स्वागत गरेर अपमान गरेको भन्दै अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

Related Posts: