कन्दरा ब्यान्डका कलाकार जापानमा

भिडियो सहित हेर्नुहोस !
Advertisement




वैशाख १, २०७४- नयाँ वर्षको अवसर पारेर जापानका नेपालीलाई मनोरञ्जन दिलाउन सांगीतिक कार्यकम लिएर आएको पोखराको चर्चित कन्दरा ब्यान्डका कलाकार शुक्रबार जापान आइपुगेका छन् ।

कास्की पोखरा समाज जापानको आयोजनामा आइतबार हुने सांगीतिक कार्यक्रमको लागि कन्दरा ब्यान्ड बिहीबार जापान आइपुगेको हो । ब्यान्डका कलाकारलाई आयोजक कास्की पोखरा समाज जापानका अध्यक्ष शिव पौडेल लगायतका पदाधिकारीले स्वागत गरे ।

नेपाली सांगीतिक आकाशमा पोखरेली लोक तथा रकगीतको मिश्रण गरी लोकप्रिय बनेको कन्दरा ब्यान्ड हो । कन्दराले १६ अप्रिल १६ मा जापानवासी नेपालीहरूबीच २० भन्दा बढ़ी लोकप्रिय गीतहरु प्रस्तुत गरी मनोरञ्जन दिने संस्थाका महासचिव सुरेश लामिछानेले जानकारी दिए ।

कास्की पोखरा समाज जापानको आयोजनामा 'कन्दरा लाईभ ईन टोक्यो २०१७', अप्रिल १६ तारिक आइतबारका दिन ओता कुमिन सेन्टरमा कामतामा हुने छ । टोकियो लाईभमा चर्चित गायक विनोद बानियाँको विशेष प्रस्तुति रहने छ ।

कन्दरा ब्यान्डका विवेक श्रेष्ठ प्रमुख भोकलिस्ट हर्कबहादुर थापा, अविनाश गायक, बुद्धराज गुभाजु, अमित गुरुङ र अनिल गुरुङले सहभागीलाई मनोरञ्जन दिनेछन् ।

Related Posts: