श्रावण १३, २०७४- रुकुमको बाँफिकोट गाउँपालिकाले मोटरबाटो बनाउन डोजर र ट्याक्टर किन्ने भन्दै १ करोड १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । खरिद प्रक्रियासमेत थालिसकेको छ । आठ बिसकोट नगरपालिकाले सडकलगायत भौतिक पूर्वाधार निर्माणका लागि भन्दै ४ सवारी साधन सामग्री खरिदको टेन्डर आहवान गरिसक्यो । नगरपालिकाले एक ब्याकलोडर, एक ट्याक्टर, एक ट्रिपर र एक भ्यान खरिदका लागि ३० दिने सूचना प्रकाशन गरेको छ । सानीभेरी गाउँपालिकाले गाउँसभाको तयारी गरिरहेको छ । गाउँसभा तयारीका लागि पटक–पटक भएका छलफलमा निर्माण सामग्री किन्ने विषयले प्राथमिकता पाइरहेको छ । कार्यपालिकाका कति सदस्य निर्माण सामग्री किन्ने पक्षमा देखिएका छन् भने कति त्यसो गर्नु हुन्न पक्षमा छन् ।
दिल्लीमा नेपाली महिलाहरुको उद्धार भारतको राजधानी नयाँदिल्लीको एक घरबाट २४ महिला एवं युवतीहरुको उद्धार गरिएको छ । रोजगारीका लागि मध्यपूर्वका देशहरुमा पठाउने सपना देखाएर दलालद्वारा उनीहर…Read More
मतपत्र च्यतिएपछि गणना स्थगितधनगढी, १० जेठ । यहाँस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि मतगणनाका क्रममा आज मत च्यातिएपछि गणनाको काम स्थगित भएको छ ।आज…Read More