गुजरातमा राष्ट्रपति भण्डारीसँग प्रवासी नेपालीको भेट

भिडियो सहित हेर्नुहोस !
Advertisement


गुजरात, ७ वैशाख । भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भ्रमणको चौथो दिन आज प्रवासी नेपालीहरुले भेटघाट गरेका छन् । राष्ट्रपति रहनुभएको होटेल इम्पेरियलमा प्रवासी नेपालीहरुले उहाँलाई भेटेका हुन् ।

राष्ट्रपति भण्डारी केहीबेरपछि भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातको राजकोटस्थित औद्योगिकस्थल अवलोकन गर्न पुग्नुहुनेछ ।


राष्ट्रपति भण्डारी यहाँस्थित गोपाल दुग्ध डेरी उद्योगको अवलोकन भ्रमणपछि आज दिउँसो उडिसा राज्य जाने कार्यक्रम रहेको छ ।

यसैबीच, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आज बिहान भ्रमण दलका सदस्यहरुलाई समीक्षात्मक जानकारी गराउनुभएको थियो ।




Related Posts: