दाङ जिल्लाको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिकाको कटाहा भन्ने गाउँमा नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच झडप भएको छ ।
चुनावी प्रचार प्रसारका क्रममा कटाहा गाउँमा सोमबार दिउँसो पुगेका नयाँ शक्ति पार्टी नेपालका राप्ती गाउँपालिकाका प्रमुखका उम्मेदवार नन्दकुमार चौधरीलाई माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रमणमा वाईसियलका दाङ जिल्ला ईञ्चार्ज ज्ञानबहादुर शाह संलग्न रहेको आरोप छ ।
कटाहा गाउँमा रहेका आफ्ना मामा भागीराम चौधरीका कान्छा छोरा रामशंकर चौधरीको घरमा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले आफूलाई आक्रमण गरेको नन्दकुमार चौधरीले दाबी गरे । उनले भने, ‘मामाको छोरा रामशंकर चौधरीको पत्नी बिरामी रहेका कारण म भेट्न पुगेको थिए । भाइको पत्नी बिरामी देखेपछि एक हजार उपचार गर्न भनेर दिएको हुँ । त्यही बहानामा मतदातालाई पैसा किन बाँडिस् भनेर मलाई माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले आक्रमण गरे ।’
नयाँ शक्ति पार्टीकी सांसद गंगा चौधरीका पति समेत रहेका नन्दकुमारलाई इलाका प्रहरी कार्यालय भालुवाङ र स्थानीयले घटनास्थलबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । नन्दकुमारले भने, ‘माओवादी केन्द्रका नेता र कार्यकर्ताले पहिला धक्कामुक्का गरे । त्यसपछि लात्ताले हानेर घाइते बनाए । शरीर दुःखेको छ ।’
माओवादी केन्द्र राप्ती गाउँपालिकाका ईञ्चार्ज धर्मराज अधिकारीले पहिला नयाँ शक्तिका नेता र कार्यकर्ताले हाम्रा नेता तथा कार्यकर्तालाई आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रतिकार गरिएको दाबी गरे । उनले भने, ‘चुनावी कार्यक्रममा हिँड्ने । मतदातालाई पैसा बाँड्ने । त्यसको बिरोध गर्दा उल्टै हाम्रा कार्यकर्तालाई आक्रमण गरेर घाइते बनाउन पाइन्छ ?’ अधिकारीका अनुसार माओवादी केन्द्रका कार्यकर्ता शरद गिरी स्थानीय कार्यकर्ताको खुट्टामा नयाँ शक्ति पार्टीका कार्यकर्ताले रडले प्रहार गरेर भाँचिदिएका छन् ।
ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रविन्द्र खड्काले माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच सामान्य झडप भएको खबर पाउनेवित्तिकै घटनास्थल पुगेको बताए । ‘नयाँ शक्ति पार्टीको तर्फबाट राप्ती गाउँपालिकाको प्रमुखका उम्मेदवार नन्दकुमार चौधरीलाई आक्रमण भएको थाहा पाउनेवित्तिकै हामी पुग्यो । उहाँलाई त्यहाँबाट सुरक्षित स्थानमा लगेका थियौँ ।’ निरीक्षक खड्काले दुबै पक्षलाई छलफलका लागि आज (मंगलबार) बोलाएको जानकारी दिए ।
नयाँ शक्ति पार्टीले वडा २ का सदस्यका उम्मेदवार दुखीराम सार्कीलाई उम्मेदवारी फिर्ता लिन पटक पटक दवाव दिएको आरोप लगाएको छ । माओवादी केन्द्रको दवावमा रुपनी चौधरी सदस्यको उम्मेदवारीबाट आफ्नो उम्मेदवार फिर्ता लिएको नन्दकुमारले बताए ।
सोमबार शिवको ब्रत बस्नुको कारण यस्तो छ….उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकल/प्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ता…Read More
झापामा आमा–छोरी नै उपप्रमुखका उम्मेदवारअसार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन्। नेपाली कांग्रेसबाट भद्रपुर नग…Read More