पूर्वस्वास्थ्य मन्त्री गगन थापाले सुधारका लागि संशोधनसहित स्वीकृत गरेका फाइल स्वास्थ्य मन्त्रालयबाटै गायब हुन थालेका छन्। आयुर्वेद चिकित्सा परिषद् नियमावली संशोधन सम्बन्धी फाइल उनले मन्त्रालय छाडेको एक महिना नबित्दै गायब पारिएको छ।
पूर्वमन्त्री थापाका तत्कालीन निजी सचिव शालिकराम दाहालका अनुसार गत चैतमा मन्त्रीले उक्त फाइल सदर गरी चिकित्सा महाशाखा पठाएका थिए। दर्ता चलानी अनुसार पनि फाइल उक्त महाशाखा पुगेको देखिन्छ। ‘रेकर्डमा महाशाखा गएको देखिए पनि फाइल भने भेटिएको छैन,’ नियमावली संशोधनको पक्षमा वकालत गरिरहेकी डा. जया सत्याल भन्छिन्, ‘मन्त्रीज्यूले फाइल सदर गरेको थाहा पाएपछि सम्बन्धित निकायलाई उक्त फाइल खोज्न लगाउँदा भेटिएन।’
संशोधित नियमावलीको दफा ३.३ (१) मा भनिएको छ, ‘परिषदमा स्थायी नाम दर्ता भएको चिकित्सकले आयुर्वेदका विभिन्न विषय, टिसिएम, जनस्वास्थ्य र योग विषयमा स्नातकोत्तर उपाधि हासिल गरेमा सोही विषयको विशेषज्ञका रुपमा परिषदले नाम दर्ता गर्न सक्नेछ । औषधि विज्ञानमा स्नातक वा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तिलाई सोही हैसियतमा परिषदले नाम दर्ता गर्न सक्नेछ।’
आयुर्वेदमा चिकित्सा पढेका तर त्यसभन्दा माथिको योग्यता हासिल नगरेकाहरुले यो प्रावधानको विरोध गर्दै आएका थिए।
आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई समय सापेक्ष अघि बढाउन यसले भूमिका खेल्ने भन्दै पूर्वमन्त्री थापाले लामो समय रोकिएको फाइल सदर गरिदिएका थिए। तर, उनी मन्त्रालयबाट निस्कने बित्तिकै संशोधनको विरोध गरिरहेकाहरुको स्वार्थ समूहले फाइल गायब पारेको मन्त्रालय स्रोत बताउँछ। मन्त्रालय स्रोत भन्छ, ‘आफूलाई पूर्वमन्त्री थापाको निकट बताउँदै मन्त्रालय आउजाउ गरिरहने आयुर्वेदिक चिकित्सकहरुले नै सदर भइसकेको नियमावली संशोधनको फाइल लुकाएको आशंका छ। जो सुरुदेखि नै नियमावली संशोधनको विपक्षमा तर्क राख्दै आएका थिए।’
सुनसरीको दुहबी र बर्जुमा लोकतान्त्रीकरान : सुनसरीको दुहबी नगरपालिका र बर्जु गाउँपालिकामा नेपाल लोकतान्त्रीक पार्टीले आफ्नो विरासत जोगाएको छ । २०६४ र २०७० सालको निर्वाचनमा सुनसरी क्षेत्र न…Read More
शुक्लाफाँटा नगरपालिकामा कांग्रेस विजयी असार १९, २०७४- स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदमा उम्मेदवार दिलबहादुर ऐर विजयी भएका…Read More