भारतको दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनमा सिक्किम राज्य सरकारले ऐक्यवद्धता जनाएको छ । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले भारतमा प्रायः सबै राज्यहरु भाषाकै आधारमा बनेको भन्दै दार्जीलिङलाई छुट्टै राज्य बनाउन सबै प्रक्रिया पुग्ने बताएका छन् ।
मुख्यमन्त्री चाम्लिङले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र भारतीय गोर्खाहरुको राष्ट्रभक्तिमाथि शंका नगर्न चेतावनी दिएका छन् ।
भारतको संविधान निर्माणका बेला गोर्खाली सभासदले हस्ताक्षर गरेको स्मरण गर्दै चाम्लिङले करिब १ हजार गोरखाली जनताले आफ्नो अधिकारका लागि खून बगाइसकेको बताएका छन् ।
गोरखालीहरुले अधिकारका लागि गरेको आन्दोलनमा पानी जसरी खून बगिरहेको भन्दै मुख्यमन्त्री चाम्लिङले दार्जीलिङलाई भाषाका आधारमा अलग्गै राज्य बनाउनुपर्ने लबिङ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दार्जीलिङ क्षेत्रमा हुने अस्थिरताको असर सिक्किममा पनि पर्ने भन्दै चाम्लिङले गृहमन्त्रीलाई पठाएको ध्यानाकर्षण पत्रमा दार्जीलिङलाई छुट्टै राज्य बनाउँदा सिक्किमलाई पनि फाइदा हुने स्पष्ट पारेका छन् ।
दार्जीलिङसँग सीमाना जोडिएको सिक्किममा नेपाली भाषीहरुको बाहुल्य छ । सिक्किमको सीमाना नेपाल, चीन र भूटानसमेत गरी तीन देशसँग जोडिएको छ ।
दार्जीलिङसँग तराईको डुबर्सलाई जोडेर छुट्टै राज्य बनाउन चाम्लिङले माग गरेका छन् । मुख्यमन्त्री चाम्लिङको समर्थनसँगै सिक्किमबासीहरुले दार्जीलिङको आन्दोलनलाई समर्थन गर्ने क्रम बढेको छ । र, अब दार्जीलिङको यो आन्दोलन भारतका अन्य गोरखा समुदायसम्म फैलिन थालेको छ ।
नेपालको सबैभन्दा लामो पुल नेपालको सबै भन्दा लामो महाकाली नदीको झोलङ्गे पुल । चाँदनी र दोधार गाउँ जाने यो पुल हेर्न पर्यटकको भीड लाग्ने गर्दछ । तस्बिर : कृष्ण दर्नाल,
…Read More
आजको सुनको मूल्य कति छ , आयो खबरभाद्र १६। साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५६ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५ सयले …Read More