अन्तराष्ट्रिय फ्रेंजाइज शो नेपाल आइडलले पहिलो सिजन गर्दैछ अहिले | यस्ता अन्तराष्ट्रिय शोहरु नेपाल भित्र्याउनु आफैमा एउटा खुशीको कुरा हो जुन काम एपीवान एचडी टेलिभिजनले गरेकोछ |
दुखको साथ भन्नु पर्छ नेपाल आइडलको अडिसनको सुरुवात देखि नै निर्णायकहरु प्रति विभिन्न आलोचनाहरु हुदै आए | हुदा हुदा अहिले देशविदेश जति पनि नेपालीहरुले उक्त शो हेर्नु भयो धेरैले बिरोध र सहि नभएको तिक्तता ब्यक्त गरिरहेको हामी सामाजिक संजालभरि प्रसस्तै देखि रहेका छौ |
गित संगीतको औपचारिक ज्ञान नभएको सर्बसाधारणले आलोचना गर्नु त त्यति मजबुद कुरा नहोला तर हिजो आज नेपाल कै हस्ती संगीतकर्मीहरुले पनि चित्त दुखाएको हामीले देख्न पाउछौ | यी कुराहरुलाई हेर्दा कार्यक्रम आयोजकले सहि निर्णायक पनि छान्न जानेनकी जस्तो लाग्नु स्वाभाविकै हो | देशमा निक्कै दिग्गज संगीतका हस्तीहरु हुदा हुदै किन आलाकाचा संगीतकर्मीलाई आयोजकले शोमा आवद्द गरे त्यो त उनीहरुलाई नै थाहा होला तर आगामी सिजनको लागी भने आयोजकले यस सिजनबाट केहि सिप भने अबश्य पनि सिकेको हुनु पर्छ |
धेरै बिरोध र आलोचना पछी यस बिषयमा आज नेपाल कै पुराना तथा अत्यन्तै चर्चित र ब्यस्त मध्यका एक गायक राजेश पायल राई संग उक्त बिषयमा गरिएको कुराकानी हेरौ, के भन्छन त उनि ?