देउवा क्याविनेटः भारतीय आप्रवासी बने मन्त्री ? नेपाली आप्रवासी दिल्लीमा गर्छन् चौकीदारी

भिडियो सहित हेर्नुहोस !
Advertisement


ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा भारतीय आप्रवासीलाई मन्त्री बनाएको भन्दै विरोध गरेका छन् ।

अध्यक्ष नेपालका अनुसार कांग्रेस नेता फरमुल्ला मन्सुर ‘भारतीय आप्रवासी’ हुन् । उनलाई देउवाले श्रम तथा रोजगारमन्त्री बनाएका छन् ।

मन्सुरलाई मन्त्री बनाउने निर्णयमा असन्तुष्टि जनाउँदै अध्यक्ष नेपालले नेपाली आप्रवासी भारतमा चौकीदारी गरिरहेका बेला नेपालमा धमाधम भारतीय आप्रवासीहरु मन्त्री बनिरहेकोमा विरोध जनाएका हुन् ।

‘मैले २०४० सालमा बारा जिल्लामा भेटेको बेला आफूलाई भारतमा जन्मेर मामाघर (नेपाल) मा पढी नेपाली कांग्रेस पार्टीमा लागेर राजनीति गर्दै आएको बताउने फरमुल्ला मन्सुरले हिजो मात्रै नेपालको श्रम मन्त्री पदमा नियुक्त भई शपथग्रहणसमेत गरिसकेका छन् ।’- उनले भनेका छन् ।

Related Posts: