भैरहवा, २४ जेठ । रुपन्देहीमा कलेज पढ्ने युवतीहरूको साथबाट ५० लाख मूल्य बराबरको अफिम बरामद भएको छ । नेपाल भारत सीमा नाका बेलहियाबाट नेपाल प्रहरीले सो मूल्य बराबरको लागुऔषध अफिम सहित ३ जना युवतीलाई पक्राउ गरेको छ ।
इलका प्रहरी कार्यलय बेलहियाका प्रहरी निरीक्षक रबिन विष्टका अनुसार रुकुम घर भइ दाङमा बस्ने ३ युवतीहरू १५ केजी अफिम लुकाइछिपाई भारततर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा २७ वर्षीया बिशमाया बुढा, १९ वर्षीया कामना पुनमगर र २१ वर्षीया सकुन्तला बुढा रहेका छन् । उनीहरूमध्ये विशमाया र सकुन्तला घोराहीमा बसेर क्याम्पस पढिरहेका विद्यार्थी हुन् । कामना लालमटियाकी बासिन्दा हुन् ।
तीनै जना युवतीहरू रात्रि बसमा चढेर बुटवलको एक होटलमा बसेका थिए । उनीहरूलाई सो अफिम सोही होटलमा दिइएको थियो । पक्राउ परेका युवतीहरूले आफूहरूलाई भांग हो बोर्डर पारी पुगाएर आएपछि ५ हजार पाउने भन्दै एकजना दाइले फोनमार्फत निर्देशन दिएको बताए । ती दाइको नाम ठेगाना भने उनीहरूलाई थाहा नभएको बयान प्रहरी समक्ष दिएका छन् ।
बरामद अफिमको बजार मूल्य ५० लाख रहेको प्रहरीले जनाएको छ । विश्वबजारमा प्रतिकेजी अफिमको मूल्य १६ हजार युएस डलर प्रतिकेजी रहेको छ ।
अफिमसहित पक्राउ परेका युवतीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा बुझाइएको इप्रका बेलहियाले जनाएको छ ।
लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषध ओसार पसार गर्नेलाई १५ वर्ष कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ ।
ओलीलाई यसरी दिए देउवाले जवाफ२३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतपत्र च्यातिनु कुनै नयाँ कुरा नभएको बताएका छन् ।संसद बैठकमा बोल्दै देउवाले एमाले अध्यक्…Read More
नेपाल र भारतको भिडन्त आजनेपालले आज भारतिय राष्ट्रिय फुटबल टोलीसंग मैत्रीपुर्ण खेल खेल्दैछ । मैत्रीपुर्ण खेल मुम्बइको अन्धेरी स्र्पोट्स स्टेडियममा बेलुकी सवा ७ बजे शुरु हुनेछ …Read More
कतारमाथि आक्रमण हुनसक्ने सम्भावनासाउदी अरबले कतार माथि कुनै पनि बेला आक्रमण हुन सक्ने बताएको छ । न्स्ट्च्यिुट फर गल्फ अफेयर्सका संस्स्थापक र निर्देशक प्राध्यापक अली अल–अहमदले कतार माथ…Read More