गोर्खाल्यान्ड आन्दोलनः जीटीए खारेज हुने

भिडियो सहित हेर्नुहोस !
Advertisement
असार, काठमाडौं । पश्चिम बंगालको दार्जीलिङ विकासका लागि दिइएको स्वायत्तता गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) खारेज गर्ने दार्जीलिङमा आन्दोलनरत दलले निर्णय गरेका छन् । दार्जीलिङ मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

तर, उक्त व्यवस्था खारेज गर्न केही प्राविधिक समस्या मिलाउनु पर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्खा जनमुक्ति मोर्चालाई केही दिनको समय दिइएको छ ।


गोर्खाल्यान्डको माग गर्दै केही दिनदेखिको अनिश्चितकालीन पहाड बन्दको कार्यक्रम यथावत राखिने उक्त बैठकले निर्णय गरेको बैठकमा सहभागी नेता पी अर्जुनले जानकारी दिए । गोर्खाल्यान्डको मागका विषयमा छिट्टै दार्जीलिङको सर्वदलीय टोली दिल्ली जाने उक्त बैठकले निर्णय गरेको उनले जानकारी दिए ।

Related Posts: