अमेरिकामा नेपाल आदिवासी चलचित्र महोत्सवको तयारी तीब्र

भिडियो सहित हेर्नुहोस !
Advertisement


न्यूयोर्क– नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले अमेरिकाको न्यूयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव गर्न लागेको छ । विश्व आदिवासी दिवसको अवसर पारेर आयोजना गर्न लागिएको चलचित्र महोत्सव आगामी अगष्ट ११ देखि १३ तारिखसम्म चल्ने छ ।

फिप्नाले न्यूयोर्कको ज्याक्सन हाईट्समा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिँदै आयोजक समितिका संयोजक एवं फिप्नाका बरिष्ठ उपाध्यक्ष मणि वाङ्देलले मूलधारे चलचित्रहरुको भिँडमा आदिवासी जनजाति र सिमान्तकृत जातिहरुकोे कला, भाषा र संस्कृतिलाई आधार बनाएर निर्माण भएका कैयौं चलचित्रहरुले उचित बजार, विकास र प्रर्वद्धन नपाई रहेको अवस्थामा यी र यस्ता महोत्सव र आयोजनाले सम्बन्धित चलचित्रकर्मी र प्राविधिकहरुलाई थप प्रोत्साहन गर्नु र मौलिक चलचित्रहरुलाई अन्तर्राष्ट्रिय स्तरमा सबिस्तार पहुँच बढाउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

फिप्नाले यो महोत्सवलाई हरेक बर्ष विश्व आदिवासी दिवसको अवसरमा नियमित कार्यक्रमको रुपमा आयोजना गर्ने समेत घोषणा गरेको छ ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विगत ५ बर्षभित्र निमार्ण भएका १५ (बढिमा) वटा बिभिन्न जाति र समुदायको कला, भाषा र संस्कृतिमा आधिारित आदिवासी जनजाति चलचित्रहरुको प्रर्दशन गरिनेछ ।

चलचित्र छनौटको लागि नेपालमा बरिष्ठ चलचित्रकर्मी नविन सुब्बाको संयोजनमा प्रारम्भिक छनौट समिति गठन गरिसकिएको र उक्त समितिले काम शूरु गरिसकेको जानकारी आयोजक दिएका छन् । छनौटमा परेका अन्तिम चलचित्रहरुलाई अगस्त ११ र १२ तारिख न्युयोर्कमा प्रर्दशन गरिने र अगस्ट १३ तारिख एक समारोहबीच बिभिन्न ९ विधामा पुरस्कार तथा अवार्ड वितरण गरिनेछ ।

महोत्सवको मुख्य आयोजकमा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) रहनेछ भने सह–आयोजकमा फिप्नासँग आवद्ध सदस्य संस्थाहरु, नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क, आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी र ईन्डिजिनियस फिल्म अकाईभ (आईफा) रहनेछ । यसैगरी महोत्सवलाई नेपाल चलचित्र विकास बोर्डले बिशेष सहयोग गर्ने बताइएको छ ।

‘महोत्सवमा सहभागिताको लागि बिभिन्न जाति र समुदायबाट विगत ५ बर्षभित्र निर्माण भएका आदिवासी चलचित्रहरुले दर्ता गर्न पाउनेछन् । दर्ता भएका चलचित्रहरु मध्येबाट सम्बन्धित जाति वा समुदायको चलचित्र संघ वा संगठनले बढिमा ५ चलचित्रहरु नेपालस्थित प्रारम्भिक छनौट समितिको सचिवालयलाई पठाउनु पर्ने जनाएको छ ।

महोत्सवको उद्घाटन तथा चलचित्र प्रदर्शन अगष्ट ११ तारिख शुक्रबार दिउँसो १ बजे ज्याक्सन हाईट स्थित शेर्पा किदुगको भवनमा हुने अयोजकले जनाएको छ । जुन कार्यक्रम बेलुकी ७ बजेसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।

त्यस्तै महोत्सवको दोश्रो दिन शेर्पा किदुग कै भवनमा चलचित्र प्रदर्शन गरिने र तेश्रो दिन कुईन्स प्यालेसमा पुरस्कार तथा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएका छन् ।

Related Posts: