जेष्ठ २५, २०७४- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार साँझ साढे सात बजे बाहिर निस्कएका सात तन्नेरीका हातमा अन्य यात्रुको जस्तो कुनै सुटकेस थिएन । उनीहरुले काधमा स-सानो बोराजस्तो धोक्रो झुण्डाएका थिए । अमेरिकाबाट फर्किएका अन्य यात्रुको जस्तो उनीहरुको अनुहारमा कुनै उत्सुकता र खुशी थिएन । चप्पल पडकाउँदै विमानस्थल बाहिर आएका उनीहरुको अनुहार फुङ उडेको थियो ।
डिपोर्टमा परेका यि सातै तन्नेरीलाई युएस ईमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्टले सरकारी जहाज नै चार्टर गरेर नेपाल ल्याइएको थियो । मानव तस्करको चंगुलमा परेका यि सातै तन्नेरीले अमेरिका पुग्नकै लागि तीस देखि चालिस लाख रुपैयाँ खर्चेका थिए । स्थलमार्ग हुँदै भारत पुगेका यि सातै जना तीन महिनादेखि सात महिना लामो विभिन्न देशको अवैध मार्ग हुँदै मेक्सिको पुगेका थिए । मानव तस्करकै सल्लाहमा तिनीहरुले अमेरिका र मेक्सिको बोर्डरको पर्खाल नाघेर अमेरिकी भूमी टेकेका थिए ।
अमेरिका टेकेलगत्तै सातै जना पक्राउ परेका थिए । सात महिनादेखि एक बर्ष लामो कानूनी प्रक्रियापछि पनि शरणार्थी बन्नका निम्ती उपयुक्त नदेखिएपछि सबैलाई अमेरिकाको डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विमान नै चार्टर गरेर डिपोर्ट गरिदिएको हो ।
यि मध्ये धेरैजसोले भारत हुँदै टर्की, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, एल साल्भाडोर, ग्वाटेमाला हुदै मेक्सिकोसम्मको अवैध यात्रा छिचोलेका थिए । मानव तस्करलाई चालिस लाख सुम्पेर ज्यानको माया मारी अमेरिका पुग्ने सपना देखेका बाग्लुङका २२ बर्षिय तन्नेरीले अवैध यात्रको दु:ख कान्तिपुरसँग यसरी साटे ।
माओबादी केन्द्रका उम्मेद्वार बेपत्ता वैशाख ३१, २०७४ चितवनको राप्ती नगरपालीका ९ का माओबादी केन्द्रका वडाअध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल बेपत्ता भएका छन् । मतदानको अघिल्लो दिन शनिबार …Read More
दोलखामा प्रहरीको गोली लागेर एकको मृत्यु वैशाख ३१, २०७४- दोलखाको मेलुङ गाँउपालिकाको पोवटी बुथमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको भएको छ । कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने …Read More
श्रीपेच उतार्न भनेपछि.. lवैशाख ३०, २०७४- २०४६ को परिवर्तनपछि मुलुक पहिलो आम निर्वाचनको संघारमा थियो । म राजा वीरेन्द्रको प्रमुख संवाद सचिवका रूपमा दरबारमा थिएँ । एमाले महासचिव…Read More
पोवटी घटनाका ११ घाइते काठमाडौं लगियो वैशाख ३१, २०७४- दोलखाको पोवटीस्थित मतदान केन्द्रमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका ११ जनालाई साँझ काठमाडौं पठाइएको छ । सेनाको एमआई १७ हेलिकप्…Read More