भरतपुर महानगरपालिकाको अबरुद्ध मतगणना तत्काल सुरु गर्न अधिकारकर्मीहरुले माग गरेका छन् । निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै जबाफ निगरानी समितिले अबिलम्ब मतगणना सुरु गर्न आग्रह गरेको हो । भरतपुर महानगरपालिकाको घटनाले पार्न सक्ने गलत प्रभावलाई मध्यनजर गर्दै क्षति पुर्याइएका मतपत्र एकीन गरी मतगणना जारी राख्नु नै बैध बाटो हो ।
विज्ञप्तिमा भनिएको छ लोकतन्त्रलाई घातक र दण्डहीनतालाई पश्रय दिने गलत नजर बस्ने नदिने आयोगको दायित्व रहेको कुरा ध्यानाकर्षण गराउँदै हामी स्वच्छ निर्वाचनका लागि अबिलम्ब मतगणना सुचारु गर्न निर्वाच्न आयोगसँग अनुरोध गर्दछौँ ।
विज्ञप्तिमा चरण प्रसाईं दिनेश त्रिपाठी, देवी सुनार, महामुनिश्वर आचार्य, ओमप्रकाश अर्याल, राजुप्रसाद चापागाईं, सुमन अधिकारी, साविश्री श्रेष्ठ, शिव विशंखे र कनकमणि दीक्षितले हस्ताक्षर गरेका छन् ।