सावधान ! बजारमा पाईने हामीले मिठो मानेर खाएको ससेजमा खतरनाक रसायन मिसावट, उपभोक्ताको स्वास्थ्या माथि गम्भीर खेलवाड, मरेको कुखुरा बिक्रि देखि ससेजमा क्यान्सर ल्याउन सक्ने सोडियम नाइट्रेटको मिसावट

भिडियो सहित हेर्नुहोस !
Advertisement


उपभोक्ताको स्वास्थ्यामा गम्भीर असर पर्ने अखाध्य मासु बिक्रि गर्दै व्यापारीहरू | ससेजमा अखाद्य मासु र रसायन मिसावट गरेको फेला परेको छ । आपूर्ति व्यवस्थापन उपभोक्ताहित संरक्षण विभागको सयोजकत्वमा पशु सेवा विभाग, प्रहरी, उपभोक्ताकर्मी र सञ्चारकर्मीसहितको संयुक्त अनुगमन टोलीले ससेज, मसला र अन्य मासुजन्य पदार्थमा सोडियम नाइट्रेड मिसावट गरेको फेला पारेको हो । माछामासु बधशाला तथा पसल अनुगमन टोली संयोजक लोकबहादुर कार्कीले भने, ‘ससेज बनाउँदा सडेको मासुसमेत प्रयोग गरेको पाइएकाले सगरमाथा मिट प्रोडक्टलाई सिलबन्दी गरेका छांै ।’ चिकेन बफ ससेजको नाममा सोयाबिन मस्यौरा पनि मिसावट गरेको पाइएको छ । सञ्चालक स्वयंको जिम्मामा रहने गरी हाललाई सिलबन्दी गरेको जनाएको छ ।

ससेसमा प्रयोग गरिएका रसायनको बट्टामा खतराको संकेत लेखिएकोसमेत भेटिएको छ । उपभोक्ताको स्वास्थ्यामा ख्यालै नगरी यस्तो मासु बजार मा उत्पादन र वितरण हुदै आएको छ | जानकाकारहरूका अनुसार यस्ता रसायनको अत्यधिक प्रयोगले आन्द्राको क्यान्सर हुन सक्छ । मासुजन्य उत्पादनमा सोडियम नाइट्रेटको प्रयोग गर्दा पन्जा अनिवार्य भए पनि त्यस्तो नगर्दा कामदारको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्ने विज्ञहरू बताउँछन् । ५ किलो मसाला/ससेजमा सय ग्राम रसायन मिसावट गर्ने गरिएको कामदारहरूले बताए । अनुगमनमा सहभागी पशु सेवा विभागका पशु विकास अधिकृत डा. आभास पौडेलले फेला परेको सोडियम नाइट्रेडलाई परीक्षण लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको बताए । ‘विभागले दुई/तीन दिनमा प्रतिवेदन दिन्छ, त्यसपश्चात् सत्यतथ्य बाहिर आउँछ,’ उनले भने । उपभोक्ताको हकहितमा खेलबाड गरेको उनले बताए ।
‘स्किनलेस भनेर सजेजमा छाला, बोसो, बिग्रेको मासु प्रयोग गरेको पाइयो । सोयाबिनसमेत मिसावट गरेको भेटियो । यति मात्रै हैन, बासी मासुसमेत प्रयोग गरेका रहेछन्,’ उनले भने । व्यवसायीले कम गुणस्तरको ससेज भएकाले सोयाबिन राखेको दाबी गरे पनि ससेजको प्याकिङमा भने उल्लेख गरिएको थिएन । उच्च गुणस्तर र कम गुणस्तरको प्याकेजिङ उस्तै रहेको पौडेलले बताए ।
अनुगमन टोलीले गोंगबुमा रहेको केसी चिकेन कोल्ड स्टोरलाई पनि सिलबन्दी गरेको छ । स्टोरका सञ्चालकले मरेको कुखुरा काटेर बिक्री गरेको, सम्बन्धित निकायबाट बिक्रीका लागि स्वीकृति नलिएकाले सञ्चालक स्वयंको जिम्मामा रहने गरी स्टोर सिलबन्दी गरेको टोली संयोजक कार्कीले बताए । ‘बधस्थल अत्यन्त फोहोर थियो । मरेका कुखुरा काटेर बिक्री भएकाले सुधार गर्न सिलबन्दी गरेको छौं,’ उनले भने । व्यवसायीलाई तीन दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी विभागमा उपस्थित हुन निर्देशन दिएको छ । उक्त स्टोरबाट ११ किलो मासु नष्टसमेत गरिएको छ ।
गोंगबुमस्थित मनकामना मार्केटिङ स्टोरमा पनि खान अयोग्य खुकुरा फेला परेकाले साढे पाँच किलो मासु नष्ट गरेको विभागले जनाएको छ । उक्त स्टोरका सञ्चालकलाई व्यवसाय दर्ताअनुसारको साइनबोर्ड, सरसफाइमा विशेष ध्यान दिन, कामदारहरूलाई माक्स, एप्रोन र पन्जाको प्रयोग गर्न निर्देशन दिएको छ । स्टोरका सञ्चालकलाई पनि सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।


अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अनुगमन तीव्र बनाउनुपर्ने बताए । अनुगमनसँगै उपभोक्ता ठगी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
अनुगमन टोलीले शनिबार ललितपुर सामपाङ चोकमा रहेको ललित फ्रेस हाउसलाई पनि सिलबन्दी गरेको छ । बधशाला अत्यन्त फोहोर, मरेको कुुखुरा बिक्री गर्दै गरेको अवस्थामाा भेटिएको तथा ढलको उचित व्यवस्था नभएकाले उक्त हाउसलाई सिलबन्दी गरेको विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले बताए । ‘स्थानीयको उजुरीको आधारमा अनुगमन गरेका थियो । त्यसक्रममा भद्रगोल देखियो ।
बधस्थल अत्यन्त फोहोर, झिँगा भन्केको, मरेको कुखुराको मासु काट्ने अवस्थामा राखेको, ढल व्यवस्थित नभएको देखियो,’ उनले भने, ‘सञ्चालक स्वयंको जिम्मामा रहने गरी उक्त हाउसलाई सिलबन्दी गरेका छौं ।’ अनुगमन टोलीले त्यसक्षेत्रका अन्य पसलमा बिक्रीका
लागि राखिएका अयोग्य खसी मासु १८ केजी र १६ केजी कुखुरा मासु नष्ट गरेको थियो ।



Related Posts: