राष्ट्रिय जनता पार्टीका अध्यक्ष चित्रबहादुर केसीले जसलाई चुनावमा ल्याउने भनेर संविधान संशोधनको प्रयास भइरहेको छ त्यही शक्ति नै निर्वाचनको विरोध गरेर हिँडेको आरोप लगाएका छन् ।
संसदको शुक्रबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष केसीले मधेस केन्द्रित दलहरूका सबै माग पूरा गरे पनि चुनावमा नआउने बताए ।
उनले निर्वाचन कानून संशोधन गर्दा पनि मधेस केन्द्रित दलहरूले चुनावमा भाग नलिने भनेर दिएको अभिव्यक्तिले ठूलो आशंका उत्पन्न भएको बताए ।
‘मधेस केन्द्रित दलहरू प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न खुरुखरु आउँछन् । तर संविधान मान्दैनौँ भन्छन्’, उनले भने, ‘अब मधेस केन्द्रित दलहरूले भनेको सबै कुरा माने पनि उनीहरू चुनावमा भाग लिँदैनन् ।’