साउदी अरबका राजा शेख सलमानले आफ्ना छोरा मोहम्मद बिन सलमानलाई आफ्नो उत्तराधिकारी बनाएका छन् । अब शेख सलमान बिन अब्दुलअजिज अल सउदपछि साउदी अरबको राजा उनका छोरा हुनेछन् ।
राजा सलमानले यसअघि भतिजा मोहम्मद बिन नायफलाई उत्तराधिकारी बनाएका थिए । उनको अघिकार खोसेर अहिले छोरालाई सुम्पिएका छन् । ३१ वर्षीय सलमान साउदी अरवका उपप्रधानमन्त्री पनि बन्नेछन् । अहिले उनी साउदीका बिदेशमन्त्री हुन् ।
साउदी अरवको सरकारी मिडियाका अनुसार ५७ वर्षीय मोहम्मद बिन नायाफलाई गृहमन्त्रीको पदबाट पनि हटाइएको छ । अरवी समाचार एजेन्सी एसपिएका अनुसार नायफले नयाँ युवराज मोहम्मद बिन सलमानप्रति राजनिष्ठा देखाएका छन् । राजा सलमान ८१ वर्षका छन् र २०१५ मा आफ्ना भाई अब्दुल्लाह बिन अजिजको मृत्यु भएपछि साउदी अरवका राजा बनेका थिए ।
पैसा हात पर्ने शास्त्रीय संकेतशास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँल…Read More