भुकम्प पीडितहरुलाई बस्ती हस्तान्तरण गरेर वाहवाही कमाएका धुर्मुस सुन्तलीलाई विवादमा तान्ने प्रयास भएको छ । गतवर्षको भुकम्प पछाडि खुमलटारमा रहेको आफ्नै घर बेचेर भए पनि भुकम्प पीडितका लागि बस्ति बसाउन कम्मर कस्सेर लागेको धुर्मुस सुन्तलीको जोडीलाई अहिले निर्वाचन आयोगको एउटा भिडियोमा अभिनय गरेका कारण मधेसी नेता तथा केही वुद्धिजीविहरुले तिव्र आलोचना गरेका छन ।
सरकार सुस्ते भएर बसेको समयमा भुकम्प पीडितका लागि काभ्रेमा १८ परिवारको लागि एकिकृत नमुना बस्ती बनाएर वाहवाही कमाएका बस्ति सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८, गिदानचौरमा एकिकृत बस्ती बसाएका थिए ।
तेश्रो एकीकृत बस्ती भने उनीहरुले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गरेका थिए । जतिखेर पहाड र तराईबीचको दुरी चिसिदै थियो । उनी आफ्नो काखे छोरीलाई छाडेर बस्ति बनाउन सप्तरी पुगेको थिईन । सोही समयमा उनीहरुले तराई झरेर मुसहरहरुको मुहारमा खुसी ल्याइदिएका थिए बस्ती निर्माण गरेर ।
आजै मात्र उनीहरुले पाँच अर्व लागतमा नयाँ एकीकृत बस्ति बनाउने सार्वजानिक गरेका छन । सोही समयमा सुन्तलीलाई भने विवादमा तान्न खोजिएको छ ।मधेश झरेर बस्ती निर्माण गरी सेतु बन्ने काम समेत गरेका सुन्तलीद्धारा अभिनित एउटा विज्ञापनप्रति मधेशका नेता तथा वुद्धिजीविहरुले आलोचना गरेका छन ।
निर्वाचन आयोगद्धारा बनाइएको मैथलीमा भाषामा बनाइएको उक्त विज्ञापनमा अनुहारमा कालो पोतेर सुन्तलीलाई मधेशीया देखाएर विज्ञापन गरेर मधेसी जनताको अपमान गर्न खोजेको भन्दै विभिन्न मधेसी नेता र वुद्धिजीविहरुले आयोग र सुन्तलीको आलोचना गरेका छन ।
२ : २९ सेकेण्ड लामो उक्त विज्ञापनमा सुन्तलीले अनुहारमा कालो दलेर मधेसी महिला बनेर अभिनय गरेकी छिन । उक्त अभिनय प्रति पत्रकार राजेश अहिराजले यो विज्ञापनमा अति नै भएको भन्दै यो विज्ञापन प्रसारण गर्न बन्द गर्न माग गर्दै आवश्यक कारवाहीको माग गरेका छन | यस्तै रीता साहले यो विज्ञापन प्रसारणमा रोक लगाउनुपर्न बताएकी छिन ।
भाइ मसलाः फाइदै–फाइदा तर खान जान्नुपर्छभाइटीकामा दाजुभाइलाई दिदीबहिनीहरुले दिने ‘भाग’ को अभिन्न अंग हो, भाइमसला । यसमा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत ‘ड्राइ फ्रुट्स’ हुन्छन् ।ड्राइ फ्…Read More