नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा पुनः मतदान आफ्नो पार्टीलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । एमालेबाट काठमाडौँ जिल्लाका महानगर र नगरपालिकामा निर्वाचित पदाधिकारी र सदस्यका लागि जिल्ला कमिटीले आयोजना गरेको बधाई ज्ञापन तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पुनः मतदान भएमा आफूहरुले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।
सो महानगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले भरतपुर–१९ को ९० मतपत्र च्यातेपछि त्यहाँको मतगणना स्थगन भएको छ र अबको प्रक्रियाबारे निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ । मतगणना पुनःसञ्चालन हुनुपर्नेमा माग गर्दै एमालेले दुई दिनदेखि व्यवस्थापिका संसद्मा अवरोध गर्दै आएको छ ।
उनले राजधानी काठमाडौँलाई हेर्न र बस्नलायक बनाउने गरी काम गर्न निर्वाचित आफ्ना प्रतिनिधिलाई निर्देशन दिए । रासस
लगातार ओरालो लाग्यो सुनको मूल्य ….नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो मात्रै सुन तोलामा अघिल्लाे दिनक…Read More
हुण्डाइको एक्ससेन्ट कार नेपाली बजारमा नेपालमा हुण्डाइ कम्पनीको नयाँ गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि हुण्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले भृकुटिमण्डम…Read More