बेलायतमा ठूलो संख्यामा युवतीहरु आफ्नो कलेजको खर्च पूराउनका लागि यौन व्यवसायमा लागेको तथ्य केही समयअघि सार्वजनिक भएको थियो ।यो तथ्य खुलेसँगै यौन व्यवसायी विद्यार्थीहरुले आफ्नो व्यथा सार्वजनिक गर्न थालेका छन् । वेल्सको ग्लेम आर्गन विश्वविद्यालयकी विद्यार्थी एमा ग्रिनले महिनाको २ सय पाउण्ड पढाइ खर्च उठाउनका लागि आफुले अनलाइन सेक्स गर्ने गरेको बताएकी छिन् । जहाँ उनी इन्टरनेट प्रयोगकर्ताको लागि वेबक्याम अगाडि नांगिने गर्थिन् ।
२५ वर्षीया एमा कलेजमा मिडिया डिजाइनिङकी विद्यार्थी हुन् । पढाइ निकै गाह्रो भएको र अरु जागिर गर्न गाह्रो हुने भएकाले आफुले अनलाईन सेक्सको बाटो रोजेको उनी बताउँछिन् ।
आफ्नो एकजना साथीको सल्लाह बमोजिम आफुले यस्तो पेशा रोजेको बताउँदै उनले अनलाइन सेक्सको व्यवसायबाट पनि आफुले राम्ररी खर्च चलाउन नसकेको गुनासो गर्छिन् । अनलाइन सेक्सका लागि उनले एक घण्टाको १६ देखि २० पाउण्ड सम्म कमाउने गर्छिन् । -