भिडियो सहित हेर्नुहोस !
Advertisement
नाडीशोधन प्राणायाम खाली पेटमा गर्नु उपयुक्त हुन्छ । खाली पेट भएको समयमा यस्तो प्राणायाम गर्दा शरीरलाई फाइदा हुन्छ ।
योग गर्दा हामीले सजिलो आसनमा बस्नुपर्छ । बस्न सहज र योग क्रियाका क्रममा कुनै अवरोध नहुने आसन रोज्नुपर्छ । शरीरलाई आराम हुने गरी आसनमा बस्नुहोस् । प्राणायामका क्रममा शरीरलाई चलाउँदा शरीरका सबै अंग राम्रोसँग चलाउन मिल्ने हुनुपर्छ ।
अबको चरणमा आफ्नो ढाड, गर्दन सीधा पारेर बस्नुहोला । ढाड, गर्दन सीधा भएन भने गरिरहेको योग विधिले हाम्रो शरीरलाई नकारात्मक असर पार्न सक्छ ।
अबको चरणमा दायाँ हातलाई नासिका मुद्रा बनाएर, श्वास दायाँबाट लिई बायाँबाट फाल्नुहोस् र पुनः बायाँबाट श्वास लिई दायाँबाट फाल्नुहोस् ।
यो अभ्यासलाई दुवै नासिकाबाट गर्नुपर्छ । यो अभ्यास कमसेकम १० मिनेटसम्म गर्नुपर्छ । जसले गर्दा हाम्रो टाउकोमा अक्सिजन पुर्याउन मद्दत गर्छ ।
यो प्राणायाम बिस्तारै गर्नुपर्छ । श्वासको सन्तुलन मिलाएर प्राणायाम गर्यो भने टाउको दुख्ने समस्या पूर्ण रूपमा समाधान हुन सक्छ । यो प्राणायाम दैनिक गर्र्नु फाइदाजनक हुन्छ ।