जाजरकोटः महँगो तलब र सेवा सुविधाको सहज पहुँच भएको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरहरू आउन आनाकानी गरिरहेका बेला जाजरकोटको दुर्गम गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा राजधानीका एक डाक्टर दत्तचित्तले सेवा गरिरहेका छन्।
काठमाडौँवासी डाक्टर पवन शाक्य दुर्गमका जनताका लागि रातदिन नभनी सेवा प्रवाह गरिरहेका छन्। जिल्लाको सबैभन्दा दुर्गम तथा विकट गाउँमा २४ घण्टा जनताको सेवामा खटिइरहेका डा. पवनलाई स्थानीयले भगवानसरह मानेका छन्।
दरबन्दीअनुसारका स्वास्थ्यकर्मी लामो समयदेखि पदपूर्ति नहुँदा यहाँको उपचार सेवा प्रभावित भएको थियो। २०५७ सालमा स्थापना गरिएको स्वास्थ्य केन्द्रमा स्थापनाकालदेखि नै डाक्टर पुग्न सकेका थिएनन्। प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट स्थापना भएको १७ वर्षसम्म कोही पनि डाक्टर जान नमानेको विकट वस्तीमा २९ वर्षका डा. पवन शाक्यले त्यहाँ पुगेर जनताले नसोचेको परिवर्तन गरेपछि उनी जनताका लागि भगवानसरह बनेका हुन्। भौगोलिक विकटता, अप्ठेरो बाटो, दुर्गम वस्ती कुनै पनि अभाव र कष्टको वास्ता नगरी विकट गाउँ गर्खाकोट पुगेका पवन २४सै घण्टा सेवा प्रवाह गरिरहेका छन्।
हिला सानो रोग लाग्दा पनि निजी औषधि पसल तथा सुर्खेत, नेपालगञ्ज जानुपर्ने बाध्यता अहिले हटेको जुनिचाँदे गाउँपालिका– ९ का हर्कबहादुर बुढा बताउँछन्। डा. पवन गर्खाकोटमा आएपछि सेवा लिन प्राय स्थानीयहरू छ÷सात घण्टा टाढाबाट पैदल हिँडेर आउने गरेको बुढाले बताए। डा. पवन गर्खाकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा जाने काम मात्र गरेनन्, सेवा र सुविधामा जिल्ला अस्पत्ताललाई चुनौती दिन सफलसमेत भएका छन्। आफू गर्खाकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा आएपछि जिल्ला अस्पताल बराबरको सेवा सुविधा उपलब्ध गराएको डा. पवन शाक्यले बताए।
‘म आइसकेपछि पहिला प्राथमिक स्वास्थ्य केन्द्रका लागि चाहिने औषधि, उपकरण आफैँ किन्ने काम गरेँ, अन्य सामानहरू मन्त्रालय, विभाग र अन्य सरोकारवाला निकायमा पुगेर जोहो गर्ने गरेको छु’, पवनले भने। सुरुमा गर्खाकोट जाँदा आफ्नो गोजीको पैसा खर्च गरेर केही समानहरू समेत किनेर ल्याएको डा. पवनले बताए। दुर्गम र विकट गाउँका जनताका लागि केही काम गरेर देखाउनलाई नै आफू गर्खाकोट आएको उनले बताए। ‘सुगमका जनताले सजिलै सुविधा पाउँछन् तर दुर्गमका जनतालाई निकै समस्या छ’, उनले भने, ‘त्यही बुझेर म यहाँ आएको हुँ।’ उनले जति समयसम्म गर्खाकोट बसे पनि यहाँका जनताले सजिलै र सहज ढंगले स्वास्थ्य सेवा पाउन सक्ने बनाउने उनले बताए। पहिले अनमी र अहेवले चलाउँदा सेवा सुविधाको हिसाबले स्थानीयहरू नै जान नमान्ने प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले भने भिडियो एक्सरे, ईसीजी, अक्सिजन कन्सन्ट्रेटर, रगत तथा पिसाब जाँच गर्ने ल्यावको सुविधा, पोष्टमार्टमलगायतको सेवाको व्यवस्थापछि स्थानीयहरूले ठूलो राहतको अनुभूति गरेको स्थानीय भीमबहादुर बस्नेतले बताए। पहिला स्वास्थ्य केन्द्रमा समयमा उपचार र औषधि नपाइने गरेकोमा कुनै सार्वजनिक बिदाको समेत वास्ता नगरी सबै प्रकारका स्वास्थ्य सेवाहरू सुचारु गरेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा सेवाग्राहीको भीड लाग्न थालेको बस्नेतले बताए। राम्रोसँग फोन पनि नलाग्ने विकट गाउँमा २४सै घण्टा वाइफाईसमेत चल्ने व्यवस्था छ अहिले। बिरामी शैयामा बिछ्याइएका तन्ना र अन्य कपडाहरू धुने व्यवस्थासमेत छ।
स्वास्थ्य केन्द्रको भित्र बाहिर जताततै सरसफाइ हुने गरेको छ। अस्पताललाई आफ्नो घर जस्तो मानेर काम गर्छन् पवन। जति बेला गए पनि डा. पवन बिरामीको उपचार र सेवा गर्न तयार रहने गरेको शिवपुरी मावि गर्खाकोटका शिक्षक कमल थापाले बताए। ‘पहिला स्वास्थ्य केन्द्र जीर्ण थियो, सामानहरू पनि थिएनन्’, उनले भने, ‘डाक्टर पवन गर्खाकोट आएपछि प्राथमिक स्वास्थ्य केन्द्रमा सोलार पावर र अन्य पूर्वाधार निर्माणको भरपर्दाे व्यवस्था गरेका छन्।’ डाक्टर पवनको लगनशिल्ताका कारण उपचारमा आउने गाउँका स्थानीयले स्वास्थ्य केन्द्रमा आउँदा जिल्ला अस्पताल गाउँमा आएको महसुस गर्ने गरेको थापाले बताए।
सालैजो नुवाकोटे नानी वैशाख ८, २०७४- रोजीरोटीका लागि कतारी देश दुनियाँमा बस्दै आएकी नुवाकोटकी नानु घले छोटो छुट्टीमा भर्खरै घर फिरेकी थिइन् । तर, उता कतार छँदाको दौडधुपभन्द…Read More