भिडियो सहित हेर्नुहोस !
Advertisement
जेष्ठ २५, २०७४- भारतीय मालबाहक ट्रक पल्टेर बिहीबार बिहान ३ बजेदेखि को पृथ्वी राजमार्ग अवरोध १५ घन्टासम्म पनि सुचारु हुन सकेको छैन् । अपरान्हसम्म काठमाडौको सतुङल देखि धादिङको धार्के बजारसम्म पुगेको सवारी जामले यात्रुहरु अलपत्र परेका छ्न् ।
प्रहरीले बीच सडकमा पल्टेको गाडी पाखा लगाए पनि नागढुंगा सडक निर्माण कार्यले थप जाम गरेको प्रहरीले बताएको छ ।
नौबिसे खण्डमा भारतीय मालबाहक गाडी बिग्रिएपछि बिहीबार बिहान ३ बजेबाट पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजधानीको सतुङलबाट धादिङको धार्केसम्म २४ किलोमिटर सवारी साधनहरु लाम लागेका छ्न् । बिग्रेका ट्रक पाखा लगाइ राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको खानी खोलास्थित प्रहरी निरीक्षक जीवन निरौलाले बताए । जामले लाखौं यात्रु अलपत्र परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रुमले पनि पृथ्वी राजमार्ग अवरुद्ध रहेको बताएको छ । महाशाखाका अनुसार एकतर्फी गाडी सञ्चालनमा रहेको भन्दै बिग्रिएको गाडी पन्छाउने काम भइरहेको छ ।