१०३ वर्षीया मरनी सदायले भनिन्, ‘जिउँदै स्वर्ग देख्न पाएँ’ नयाँ घर पाएपछि उनीजस्तै सिंगो मुसहर बस्तीका ५० परिवार दंग छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


बुढ्यौलीले मुजा परेको उनको अनुहारमा खुसीको सीमै थिएन । घाम नछेक्ने, पानी चुहिने झुपडीमै लामो जिन्दगी गुजारेकी मरनी सदाय मुसहरले कहिल्यै सोचेकी थिइनन्, एक दिन पक्की घरमा बस्न पाउनेछु ।

‘पक्की घरमा बस्न पाउँछु भन्ने कहिल्यै सोचेकी थिइनँ,’ १०३ वर्षीया मरनीले भनिन्, ‘स्वर्ग देख्न मर्नैपर्ने रहेनछ ।’ धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएर शुक्रबार समुदायलाई हस्तान्तरण गरेको महोत्तरी, बर्दिबास–१ स्थित ‘एकीकृत नमुना मुसहर बस्ती’ को ३३ नम्बरको घरमा उनले बस्न पाएकी छिन् । नयाँ घर पाएपछि उनीजस्तै सिंगो मुसहर बस्तीका ५० परिवार दंग छन् ।
‘धुर्मुस–सुन्तली भगवान् बनेर आए,’ गहभरि खुसीका आँसु टिलपिलाउँदै मरनीले भनिन्, ‘गरिबको पनि दिन फिर्छ भन्थे, हो रहेछ ।’ फाउन्डेसनले करिब ३ महिना लगाएर निर्माण गरेको नमुना बस्ती नयाँ वर्षको अवसर पारेर हस्तान्तरण गरिएको हो । प्रवेशद्वारको रिबन काटेर कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले मुसहर समुदायलाई बस्ती प्रवेश गराएका थिए । उपभोक्ता समितिका अध्यक्ष विल्टु सदाय मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धुर्मुस–सुन्तलीले देश बनाउन पहिला आफूलाई जिम्मेवार नागरिकका रूपमा सबैले सोच्नुपर्ने बताए । ‘हामीले सरकारलाई चुनौती दिएका होइनौं, बरु सघाउन हिमाल, पहाड, तराई हिँडेका हौं,’ उनीहरूले भने, ‘चाहे भने नागरिकले देश बनाउँछन् भन्ने भावनाले अघि बढेका हौं ।’ फाउन्डेसनले बस्तीमा ३ कोठा, बरन्डा र चोटासहितको ५३ घर बनाएको छ । सामुदायिक भवन, प्रतीक्षालय, मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर, बालउद्यान, भ्युटावर र पक्की सडक पनि बनाइएको छ ।
प्रत्येक घरमा चर्पी, ट्यांकीसहितको धारा, खाट, ग्याससहित चुलोलगायत व्यवस्था गरिएको छ । हरेक घरअगाडि बगैंचामा अशोक प्रजातिका बिरुवा रोपिएको छ, जसले बस्तीलाई हरियाली वातावरणमैत्री बनाउनेछ ।
कार्यक्रमस्थललाई बेहुलीझैं सिंगारिएको थियो । गाउँगाउँबाट भेला भएका स्थानीय देशभक्तिका नारा, प्लेकार्ड र मुसहर समुदायको साँस्कृतिक झाँकीसहित पञ्चैबाजा बजाएर र्‍यालीमा सहभागी भए ।
हस्तान्तरण समारोहका वक्ताले धुर्मुस–सुन्तलीको कामबाट सरकारले सिक्नुपर्ने औंल्याए । नकारात्मक शक्ति देशमा हावी हुँदा देशले कोल्टो फेर्न नसकेको प्रति कलाकार मदनकृष्ण श्रेष्ठले चिन्ता व्यक्त गरे । हरिवंश आचार्यले देशमा पहाडी मधेसी भनेर विखण्डनको बीउ रोपिनै लाग्दा धुर्मुस–सुन्तलीले हिमाल, पहाड, तराई कोही छैन पराइ भन्ने भावना बलियो बनाउन काम गरेको बताए ।
कलाकार बसुन्धरा भुसालले भनिन्, ‘त्यसका लागि विश्वका कुना–कुनामा रहेका नेपालीले सहयोग र साथ अवश्य दिनेछन् ।’
गरिब र विपन्नका लागि धुर्मुस–सुन्तली जिउँदा भगवान् बनेको कलाकार शिव श्रेष्ठले बताए । नास्टका उपकुलपति जीवराज पोखरेलले मुसहर समुदायलाई दीर्घकालीन आयस्रोतका लागि चाँडै काम गर्ने प्रतिबद्धता जनाए भने नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले धुर्मुस–सुन्तलीको कामप्रति सरकारले गौरव महसुस गराएको बताए ।
बस्ती निर्माण गर्न ४ करोड ७८ लाख खर्च हुने अनुमान गरिएकोमा ५ करोड ४ लाख ३६ हजार ८ सय ६० रुपैयाँ खर्च भएको परियोजना व्यवस्थापक अर्जुनप्रसाद न्यौपानेले बताए । बस्ती निर्माण गर्न देश–विदेशबाट ६ करोड ३३ लाख ३९ हजार ८ सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको थियो । पुस्तौंदेखि चरम गरिबीले पिल्सिएका नमुना मुसहर बस्तीका उनीहरू नयाँ वर्षमा नयाँ घर उपहार पाउँदा उत्साहित छन् ।
‘नयाँ वर्षसँगै नयाँ घर, नमुना बस्तीमा सरेपछि नयाँ सोचाइ आउँदो रहेछ,’ बिल्टुले भने, ‘घर भएपछि गरिबी हटेको छ, अब बस्तीको सरसफाइ, बालबच्चाको शिक्षा र आम्दानी बचतका लागि अघि बढ्छु ।’
मुसहर बस्तीमा ५० घरपरिवारका २ सय ७२ सदस्यको बसोबास छ । यो गाउँ अशिक्षा, गरिबीले पछि परेको बस्ती हो । बस्तीका अधिकांशको गुजाराको माध्यम मजदुरी हो । बस्तीका अधिकांश महिला, पुरुष निरक्षर छन् । धुर्मुस–सुन्तली पहिलो पटक २०७२ पुस १३ गते सरसफाइ अभियान लिएर बर्दिबास गएका बेला स्थानीय सञ्चारकर्मी राजकरण महतोले उनीहरूलाई मुसहर बस्ती पुर्‍याएका थिए ।
धुर्मुस–सुन्तली फाउन्डेसनले झन्डै तीन महिना लगाएर निर्माण गरेको एकीकृत नमुना मुसहर बस्ती नयाँ वर्षका अवसर पारेर शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ ।
एकीकृत नमुना मुसहर बस्तीको प्रवेशद्वारको रिबन काटेर कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले मुसहर समुदायलाई बस्ती प्रवेश गराए । उक्त अवसरमा महजोडीले उपभोक्ता समितिका अध्यक्ष बिल्टु सदाय मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रमस्थल बर्दिबासलाई बेहुलीझैं सिंगारिएको थियो । आ–आफ्ना घर अगाडि स्थानीयले कलश र घडा राखी शुभ साइतको संकेत गरेका थिए । गाउँ–गाउँबाट भेला भएका स्थानीयले देशभक्तिका नारासहितको प्लेकार्ड, झाँकी, मुसहर समुदायको सांस्कृतिक झाँकीसहित पञ्चे बाजा बजाएर सद्भाव, एकता र विकासको सन्देश दिँदै र्‍यालीमा सहभागी भएका थिए । बर्दिबासका संघसंस्थाहरूले ठाउँ–ठाउँमा स्वागत द्वार बनाएका थिए ।
महजोडी, धुर्मुस–सुन्तली, किरण केसी, जितु नेपाललगायत दर्जनभन्दा बढी कलाकारले गतपुस २५ गते एकैसाथ घरको जगमा इँटा राखेर निर्माण कार्य सुरु गरेको फाउन्डेसनले ३ कोठा, बरन्डा र चोटासहितको बस्तीमा ५३ घर, १ सामुदायिक भवन, १ सामुदायिक भवन, १ प्रतीक्षालय, मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर, १ बालउद्यान, १ भ्युटावर, पक्की सडकसहितको एकीकृत बस्ती निर्माण गरिएको छ । हस्तान्तरण गरिएको बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि ट्यांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुलो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार, प्रतीक्षालय, एउटा बालउद्यान, बस्ती अवलोकनका लागि भ्यु टाबर निर्माण गरिएको छ । हरेक घर अगाडि बगैंचा तयार गरिएको छ । बगैंचामा अशोक प्रजातिका बिरुवा रोपिएका छन् । जसले बस्तीलाई हरियाली वातावरणमैत्री बनाउनेछ ।
हस्तान्तरण समारोहमा बोल्ने वक्ताहरूले धुर्मुस–सुन्तलीको कामबाट सरकारले पाठ सिक्नुपर्ने औंल्याए । नकारात्मक शक्ति देशमा हावी हुँदा देशले कोल्टो फेर्न नसकेको प्रति कलाकार मदन कृष्ण श्रेष्ठले चिन्ता व्यक्त गरे ।
कलाकार हरिवंश आचार्यले देशमा पहाडी, मधेसी भनेर विखण्डनको बीउ रोपिनै लाग्दा धुर्मुस–सुन्तलीले हिमाल, पहाड, तराई कोही छैन पराइ भन्ने भावनालाई बलियो बनाउन पहाड र मधेसबीच पुलको काम गरेर राष्ट्रियता जोगाउन एकीकृत विकासको कदम चालेको बताए ।
देश बनाउन पहिला आफूलाई जिम्मेवार नेपाली नागरिकका रूपमा सबैले सोच्नुपर्ने धुर्मुस–सुन्तलीले बताए । ‘हामीले सरकारलाई चुनौती दिएका होइनौं, बरु सघाउन हिमाल, पहाड, तराई हिँडेका हौं,’ धुर्मुस–सुन्तलीले भने । ‘चाहे भने देश नागरिकले बनाउँछ, त्यो भावनाले देश विकास गर्न अघि बढेका हौं ।’
‘नेपालका अरू क्षेत्रमा पीडाले छट्पटाइरहेका पीडितको पीडामा धुर्मुस–सुन्तली मलमपट्टी लगाउन अघि बढ्नुपर्छ,’ कलाकार बसुन्धरा भुसालले भनिन्, ‘त्यसका लागि विश्वका कुना–कुनामा रहेका नेपालीले सहयोग र साथ अवश्य दिनेछन् ।’
गरिब र विपन्नहरूका लागि धुर्मुस–सुन्तली जिउँदा भगवान् रहेको कलाकार शिव श्रेष्ठले भावना व्यक्त गरे । ‘राम जन्मियो, सीता जन्मिन्, कृष्ण जस्ता देवीदेवता विभिन्न अवतार लिएर आए,’ उनले भने, ‘धुर्मुस–सुन्तली भगवानको अवतार लिएर पीडितको आँखाको आँसु पुछ्न धर्तीमा आएको छ ।’
नास्टका उपकुलपति जीवराज पोखरेलले मुसहर समुदायलाई दीर्घकालीन आयस्रोतका लागि चाँडै काम गर्ने प्रतिबद्धता जनाए भने नेपाल सरकारका मुख्य सचिव सुवेदीले धुर्मुस–सुन्तलीको कामप्रति सरकारले गौरव महसुस गराएको बताए ।
बस्ती निर्माण गर्न ४ करोंड ७८ लाख खर्च हुने अनुमान गरिएको थियो । तर बस्ती बनाउन ५ करोड ४ लाख ३६ हजार ८ सय ६० रुपैयाँ खर्च भएको परियोजना व्यवस्थापक अर्जुनप्रसाद न्यौपानेले बताए । बस्ती निर्माण गर्न देश–विदेशबाट ६ करोड ३३ लाख ३९ हजार ८ सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको थियो । पुस्तौंदेखि चरम गरिबीले पिल्सिएका नमुना मुसहर बस्तीका उनीहरू नयाँ वर्षमा नयाँ घर उपहार पाउँदा उत्साहित छन् ।



Related Posts: