नेकपा संयुक्तका अध्यक्ष शाहले देशमा रहेका वामपन्थी शक्तिहरुलाई एकठाँउमा ल्याउनकै लागि आफुहरुले माओवादी

भिडियो सहित हेर्नुहोस !
Advertisement


राजधानीमा आज आयोजित कार्यक्रममा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले एकिकरण पत्रमा हस्ताक्षर गर्नुभयो । सरकारको सहयात्री नेकपा संयुक्तस‌ँग संसदमा तीन सदस्य छन् । एकता समारोहमा मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालले बामपन्थी शक्तिहरुलाई एकठाँउमा ल्याउन कै लागि आफुले कम्युनिष्ट पार्टीलाई एक बनाउने काम गरिरहेको बताउनुभयो । आगामी निर्वाचनका लागि समेत बामपन्थी शक्तिहरु एकठाँउमा उभिएको र त्यसले समाजवाद ल्याउन सघाउने दाहालको भनाई थियो ।



नेकपा संयुक्तका अध्यक्ष शाहले देशमा रहेका वामपन्थी शक्तिहरुलाई एकठाँउमा ल्याउनकै लागि आफुहरुले माओवादी केन्द्रसँग एकता गरेको बताउनुभयो ।

Related Posts: