खेतको गह्रामा शिशु फेला

भिडियो सहित हेर्नुहोस !
Advertisement

आश्विन २६, २०७४-खाँदबारी नगरपालिका-१ मा नालसहितको बेवारिसे शिशु जिवितै फेला परेको छ ।
बिहीबार बिहान खाँदबारीको फुलपाती चोक नजिकै खेतको गह्रामा स्थानीयले शिशु फेला पारेको हो । जीवितै शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले शिशुको उद्धार गरेको छ । शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकले जनाएको छ । शिशुलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । बेवारीसे शिशु छाडेका सुत्केरी आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts: