सर्लाहीमा गएराती एक व्यापारीको हत्या भएको छ ।सुन चाँदीको ब्यापार गर्दै आउनुभएका कविलासी नगरपालिका-२ पिपरियाका २२ वर्षीय सुनिलकुमार साहको अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको हो । हरिपुर नगरपालिका -९ पिडारी बजारमा सुन-चाँदीको व्यापार गर्दै आउनुभएका साह राती करिव ८ बजे ना ४५ प १५०३ नम्बरको मोटरसाइकलमा बुवासंगै घर फर्किने क्रममा पिडारी नजिकै गोली प्रहार भएको हो । बुवा भने भागेर बाँच्न सफल भएको जनाइएको छ । तीन जनाको समुहमा आएका हतियारधारीले साहको झोला मागेको तर दिन नमानेपछि कन्चटमा गोली प्रहार गरी झोला लिएर फरार भएको प्रहरीले जनाएको छ । गोली प्रहारपछि गम्भीर घाइते साहको अस्पताल लैजाने क्रममा ज्यान गएको हो । घटना बारे अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मसाउद आलम खाँ ले जानकारी दिनुभयो ।