अन्‍नपूर्ण मिडिया नेटवर्कको ‘ग्रुप सम्पादक’ मा विजयकुमार पाण्डे

भिडियो सहित हेर्नुहोस !
Advertisement


अन्नपूर्ण मिडिया नेटवर्कको ‘ग्रुप सम्पादक’मा वरिष्ठ पत्रकार विजयकुमार पाण्डे नियुक्त भएका छन्। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बिहीबार कर्पोरेट टावर, तीनकुनेमा आयोजित विशेष कार्यक्रममा ग्रुप सम्पादक पाण्डेलाई स्वागत गरे।

‘प्रतिष्ठित पत्रकार विजयकुमार पाण्डेज्यूलाई यो हाउसमा स्वागत गर्दा हामी खुशी छौँ, ‘कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने, ‘उहाँलाई अन्नपूर्ण मिडिया नेटर्वकका सबै ‘प्रोडक्ट’मा सहयोग गर्ने हिसाबले ल्याएका हौँ।’

पाण्डेले अन्नपूर्ण मिडिया नेटर्वकको अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक, अन्नपूर्ण ‘टुडे’ साप्ताहिक, अन्नपूर्ण ‘सम्पूर्ण’, एपीवान एचडी टेलिभिजन र रेडियो अन्नपूर्णलगायत सम्पूर्ण नेटर्वकको सम्पादकको रुपमा काम गर्नेछन्।

‘मैले डिजिटल, रेडियो, टेलिभिजन सँगै म्यागेजिन र प्रिन्टलगायत सबै मिडियामा काम गरेको छु, यहाँ त्यही अनुभवले काम गर्ने हो’, अन्नपूर्ण नेटवर्कको टिमलाई धन्यवाद दिँदै स्वागत कार्यक्रममा नवनियुक्त ग्रुप सम्पादक पाण्डेले भने, ‘यहाँका उत्पादन राम्रा छन् र पाठकको मन जित्दै आएका छन्। यसलाई परिस्कृत गर्दै अझ राम्रो बनाउन सकिन्छ।’

सम्पादक पाण्डेले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई मिलाएर काम गर्न सके राम्रो हुने उल्लेख गरे। ‘हामीसँग अनुभव छ, नयाँ पुस्तासँग ऊर्जा छ। ऊर्जा र अनुभवलाई मिलाएर अगाडि बढ्न सके राम्रो गर्न सकिन्छ’, सम्पादक पाण्डेले भने।

सम्पादक पाण्डेको स्वागतमा नेटवर्कका अध्यक्ष थापा, निर्देशक सञ्चन थापा, अन्नपूर्ण पोस्ट्का सिइओ सञ्जयचन्द्र बस्नेत, अन्नपूर्ण पोस्ट्का सम्पादक राजाराम गौतम, ‘टुडे’का सम्पादक बसन्त बस्नेत, ‘सम्पूर्ण’का सम्पादक राजन नेपाल, एपीवान टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मी पौडेल, अन्नपूर्ण रेडियोका स्टेशन म्यानेजर ठाकुर बेल्बासे, मार्केटिङ प्रमुख मानस घिमिरे, अन्नपूर्ण पोस्ट्का एचआर प्रमुख सुदमकुमार सिजापती, अन्नपूर्ण पोस्ट्का वितरण प्रमुख राम भट्टराई, एपीवान टेलिभिजनका मार्केटिङ प्रमुख शम्भु गुरागाई सँगै सबै ब्यूरो प्रमुख उपस्थित थिए।

Related Posts: