महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकी महिला सेल प्रमुख हुन्, शर्मिला गुरुङ । मेट्रो प्रहरीले गुरुङकै नेतृत्वमा गत साउनदेखि उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरूमा महिलामाथि हुने सेक्सुअल ह्यारेसमेन्ट नियन्त्रणका लागि सेफ्टी पिन स्ट्रिङ अपरेसन चलाइरहेको छ । यौनजन्य हिंसा नियन्त्रणका लागि स्ट्रिङ अपरेसनसँगै प्रहरीले जनचेतनालाई पनि सँगसँगै अघि बढाइरहेको छ । सेफ्टी पिन स्ट्रिङ अपेरसनका बारेमा केही बताइदिनुस् न ?
हाम्रो सेफ्टी पिन अपरेसन साउन १८ गतेदेखि सुरु भएको हो । यो स्ट्रिङ अपरेसन मात्र होइन, सँगसँगै जनचेतनामूलक कार्यक्रम पनि भैरहेका छन् । उपत्यकाअन्तर्गत २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्र छन्, ती सबैले जनचेतनामूलक प्रचार–प्रसारका काम गरिरहेका छन् । त्यसबाहेक सेक्सुअल ह्यारेसमेन्टजस्तो अपराधमा संलग्न हुनेहरूलाई कानुनी दायरामा ल्याउन हामीले स्ट्रिङ अपरेसन सञ्चालन गरिरहेका हौं । कतिवटा समूह परिचालन गरिएको छ ?
काठमाडौंबाट १५, ललितपुरबाट १०, भक्तपुरबाट ३ तथा मेट्रोबाट ५ गरी जम्मा ३३ वटा टिम स्ट्रिङ अपरेसनमा परिचालन गरिएको छ । एउटा बसमा तीन जना चढ्छन् । जुनियर प्रहरी अधिकृतको कमान्डमा तीन जनाको टोली बनाइएको छ, जसमा महिला प्रहरी अनिवार्य हुन्छन् । यसमा महिला कर्मचारी खटाइनुको कारण जति महिलाले फिल गर्न सक्छन्, त्यति पुरुषले गर्न सक्दैनन् भनेरै हो । अपरेसन कसरी हुन्छ ?
सार्वजनिक सवारीमा बढी भीड हुने गरेको छ । भीडको बहानामा सेक्सुअल ह्यारेसमेन्टका घटना पनि सार्वजनिक सवारीमै बढी हुने गरेका छन् । भीडमा छोइहालिन्छ नि, यो सामान्य कुरा हो भन्ने बहाना बनाएर यस्ता घटनाले प्रोत्साहन पाउने गरेका छन् । त्यसैले हामीले गाडीमा बढी चाप हुने समय पारेर टिम परिचालित गरेका छौं । जस्तो बिहान ९ देखि १२ बजेसम्मको पिक आवर र बेलुकाको रस आवरमा हाम्रा टिम सादा पोसाकमा ड्युटीमा तैनाथ हुन्छन् । यो अभियान कुन क्षेत्रमा बढी केन्द्रित छ ? हामीले काठमाडौं, भक्तपुर र ललितपुरमा चल्ने सबै सार्वजनिक सवारी साधनलाई टार्गेट गरेका छौं । कुनै पनि रुट नछुट्ने गरी प्रत्येक रुटमा टिमहरू डिप्लोय गरेका छौं । अहिले सार्वजनिक सवारीमा मात्र केन्द्रित गरेर यो अभियान चलाइएको छ । कालिमाटी, कोटेश्वर, कलंकी, बसपार्क, जावलाखेल, भक्तपुर आदि ठाउँमा बढी सेक्सुअल ह्यारेसमेन्टका घटना भएका छन् । सार्वजनिक सवारी साधनलाई नै टार्गेट गर्नुको कारण ? डान्स रेस्टुराँमा हुने यौनजन्य हिंसा आदिका लागि छुट्टै निर्देशिका, कानुन आदि छन् । सेक्सुअल ह्यारेसमेन्ट वर्क प्लेस वा घरमै पनि हुन्छ, तर हामीले बसमै टार्गेट गर्नुको कारण त्यहाँ भएको सेक्सुअल ह्यारेसमेन्टलाई पीडितहरू आफैंले बाहिर ल्याउन नचाहनु पनि हो । किनभने उनीहरू एक ठाउँबाट अर्को गन्तव्यमा पुग्ने हतारमा हुन्छन् । यस किसिमको ह्यारेसमेन्ट युजअल्ली हो भनेर यसलाई ठूलो हिंसाका रूपमा लिइँदैन । त्यसकारण हामीले त्यहाँ रहेका पीडकलाई यो सामाजिक अपराध हो र यो कानुनअनुसार पनि दण्डनीय छ भनेर सचेत गराउन यो अभियान चलाएका हौँ ? जो पीडित हुन्छ उसलाई पनि यसरी चुप लागेर बस्नु हुँदैन, चुप लागेर बस्नु भनेको पीडकलाई प्रोत्साहन दिनु हो भनेर जागरुक बनाउन र बसमा बाँकी रहेका अन्य यात्रु जसले हिंसा भैरहेको देख्छन्, उनीहरूलाई हिंसा हुँदा चुप लागेर बस्दा भोलि आफैं पनि यसको सिकार हुन सक्छौं र तिम्रा आफन्त पनि यो हिंसाको भागी हुन सक्छन्, त्यसैले आवाज उठाउनुपर्छ भनेर सार्वजनिक यातायातलाई टार्गेट गरिएको हो । अन्य ठाउँमा हुने सेक्सुअल ह्यारेमेन्टमा त प्राय: आवाज उठिरहेकै हुन्छ तर गाडीमा हुने दुव्र्यवहारसम्बन्धी आवाज कमै उठ्ने गरेको छ । सेफ्टी पिन स्ट्रिङ अपरेसन सुरु गर्नुपूर्व त्यस्ता केही उजुरी आएका थिए ? हो, एक्ज्याक्टल्ली समस्या नै यही छ । म मेट्रोमा आएलगत्तै मातहतका भक्तपुर, ललितपुर र काठमाडौं सार्वजनिक यातायातमा कस्ता खालका समस्या छन्, कस्ता केसहरू आउँछन्, त्यसलाई कसरी डिल गरिएको छ भनेर डाटाहरू हेरे, तर यस्ता केसहरू नै छैनन्, आए भने महिनामा एक/दुईवटा मात्र आएको पाइयो, त्यो पनि मेलमिलापमै टुंगिएको रहेछ । त्यसले पीडकलाई उत्साहित मात्र तुल्याइरहेको पाएपछि हामीले प्रचार–प्रसारसँगै स्ट्रिङ अपरेसन पनि थाल्यौं । हिंसा पुरुषबाट मात्र हुँदो रहेछ कि महिलाबाट पनि ?
अहिले हामीसँग पुरुष साथीहरूले सोध्ने प्रमुख प्रश्न नै यही हो । उहाँहरू हाम्रा बारेमा कसैले कुरा उठाउँदैनन् भन्नुहुन्छ । पुरुषविरुद्ध पनि हिंसा नभएको होइन, तर महिलाविरुद्ध बढी हिंसा छ । अहिलेसम्म सार्वजनिक यातायातमा महिलाबाट यौन हिंसा भएको घटना फेला परेको छैन । बरु, कतिसम्म छ भने भिक्टिमले नै कुरा उठाउन चाहँदैनन् । एउटा घटनामा कलेज जाने किशोरीमाथि हिंसा भैरहेको थियो, हाम्रो टोलीले रेस्क्यु गर्यो । पीडकलाई कानुनी दायरामा ल्याउन पीडितसँग सहयोग मागियो, तपाईंहरू पनि जानुपर्छ भनियो । पीडित पनि आउन तयार तर पीडितकी आमा पनि सँगै यात्रा गरिरहेको हुनुहुन्थ्यो । उहाँले हामी पुलिसको झमेलामा पर्न चाहँदैनौं, यो कुरालाई यही स्टप गरौं, हामी कहीँ जाँदैनौं भन्नुभयो । यसरी कोअपरेट नगरिदिँदा पुलिसलाई च्यालेन्ज भैरहेको छ । हाम्रो स्ट्रिङ अपरेसनमा खटिने जो प्रहरी कर्मचारीहरू हुनुहुन्छ, उहाँहरू सेक्सुअल ह्यारेसमेन्टको विरुद्धमा खटिएका भए पनि पुलिस भएका नाताले बसमा घट्ने अन्य घटनामा आँखा चिम्लेर बस्नुहुन्न । त्यसैले पाकेटमारका साथै सार्वजनिक यातायातमा हुने अन्य अपराधमा संलग्नहरू पनि पक्राउ परिरहेका छ अहिले झन्डै दुई महिनाभन्दा बढी भयो स्ट्रिङ अपरेसन चलेको, उपलब्धि कस्तो छ ? अहिलेसम्म हामीले ७६ जनालाई नियन्त्रणमा लिइसकेका छौं । पहिले–पहिले महिनामा एक दुईवटा केस आए पनि त्यसमा मिलापत्र गराएर पठाइन्थ्यो र त्यसलाई ठूलो हिंसाका रूपमा लिइँदैनथ्यो । हाम्रो मुख्य टार्गेट नै यस्ता केसमा संलग्नलाई कानुनी दायरामा ल्याउने हो । हामीले अहिले २१ जना विरुद्ध सार्वजनिक अपराध ऐन, २०२७ अन्तर्गत मुद्दा नै चलाइसकेका छौ