आश्विन २३, २०७४-प्रा.डा.गोविन्द केसीको १३ औं आमरण अनसनको पाँचौ दिन स्वास्थ्य स्थितिमा समस्या देखिएपछि उनलाई ‘अक्सिजन’ दिन थालिएको छ । डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन दिन थालिएको हो । उनले हालसम्म सबैभन्दा बढी २३ दिनसम्म अनसन गरिसकेका छन् । केसीको स्वास्थ्य अवस्थाको निगरानी गर्न त्रिवि शिक्षण अस्पतालले गठन गरेको ७ सदस्यिय स्वास्थ्य उपचार समितिका अनुसार उनको रक्तचापमा समेत कमि देखिएको छ र पिसाबमा एसिटोन देखिएको छ ।
एसिटोन देखिनुको अर्थ शरीरमा संचित रहेको रहेको ग्लुकोज सकिएर जिउमा भएको बोसो पग्लिन थालेको संकेत हो । यसको अन्तिम अवस्था अन्तर्गत शरिरको वोसो समेत सकिएपछि मांशपेशीहरु टुक्रिन थाल्छन् । यति मात्र नभइ शरिरमा क्याल्सियम, पोटासियम, सोडियमम, म्याग्नेसियम लगायतका इलेक्ट्रोलाइटको मात्रा कम हुन थालेको छ । शरिरमा पोटासियम र म्याग्नेसियमको स्तर कम हुदा मुटूको चालमा असर पर्छ भने सोडियम र क्याल्सियम कम भए मस्तिष्कमा असर पर्ने, होस कम हुने तथा छारे देखिन सक्छ । यस्तो स्थितिमा मुटूको चालमा गडबडी भएर ‘कार्डियाक अरेष्ट’ सम्म हुन सक्ने सम्भावना रहन्छ ।
‘म्याग्नेसियम, क्याल्सियम, प्रोटिनको मात्रा समेत कम छ,’ केसीको उपचारमा संलग्न डा.दिव्या सिंह शाहले भनिन्, ‘पटक पटकको अनसनले गर्दा यस्तो स्थिति देखिएको हुन सक्छ ।’ केसीलाई अनसनको तेस्रो दिनदेखि नै शुरु भएको मांसपेसी वाउडिने र रिंगटा लाग्ने समस्या अझै जारी छ । उनको शरिरमा पानीको कमि देखिएपछि नसावाट ‘नर्मल स्लाइन’ समेत दिन थालिएको छ ।
सरकारले दिएन चासो
डा.केसीको अनसन सोमबार पाच दिन भए पनि हालसम्म सरकारी पक्षले कुनै चासो देखाएको छैन । सरकार पक्षबाट वार्ताको कुनै प्रस्ताव नआएको केसीनिकटले बताएका छन् । सरकार आम नेपालीको स्वास्थ्य स्थिति उकास्नेसँग प्रत्यक्ष सरोकार राख्ने मागमा सम्वेदनशील नदेखिएको आरोप डा.केसीका प्रतिनिधिहरुले लगाएका छन । ‘अनसन छैठो दिनमा प्रवेश गर्न लाग्दा समेत माग सम्वोधन वारे कुनै पहल नगर्नुले सरकारको असम्वेदनशीलता प्रष्ट रुपमा देखिन्छ’, डा.वाइपी सिहले भने, ‘केसीको ज्यानमा खतरा देखिए मात्र सरकार तात्न थाल्ने अवस्थामा अझै कायम छ ।’
थपिए तीन माग
चार सुत्रिय माग राखेर आमरण अनसन शुरु गरेका डा.गोविन्द केसीले तीनवटा माग थप गरेका छन । केसीले थप गरेका माग अन्तर्गत शिक्षा क्षेत्रलाई चरम पार्टीकरण को साथै अयोग्य पार्टी कार्यकर्ता भर्ती केन्द्र बनाउने गरी जनतालाई झुक्याएर पारित गरिएको शिक्षा विरोधी शिक्षा ऐनको संशोधन तत्काल खारेज गर्नुपर्ने एउटा छ । उनले शिक्षा मन्त्रीको स्वार्थमा प्राविधिक शिक्षा ध्वस्त हुने गरी शैक्षिक सत्रको बीचमा आएर गरिएको सीटीईभीटी मार्फत दर्जनौ कलेजलाई सम्बन्धन दिने निर्णय पनि तत्काल खारेज गर्नु पर्ने बताएका छन् ।
यस्तै मध्यम र निम्न वर्गका सबै नेपालीका लागि सम्पूर्ण स्वास्थ्य उपचार र सबै विद्यार्थीहरुका लागि शिक्षा गुणस्तरीय, नि:शुल्क वा सस्तो एवं र सर्वसुलभ गर्नु पर्ने अर्को माग थपेका छन । उनले डाक्टरहरुको हक हित र सेवा(सुविधाका लागि राखिएका मागहरु समेत पुरा गर्नु पर्ने बताएका छन । डा.केसीले चार वटा माग राखेर १३ औं अनसन शुरु गरेका थिए । उक्त मागहरुमा माथेमा प्रतिवेदनको भावना अनुसार आफूहरले दिएको सुझाव समेटेर जनता र विद्यार्थी मुखी चिकित्सा शिक्षा विधेयक संसद वाट पारित गर्नु पर्ने प्रमुख थियो ।
हाल मेडिकल माफियासँग मिलेर काठमाडौं विश्वविद्यालय (केयु)ले एमविविएसको शुल्क करिब ६० लाख भन्दा बढी निर्धारण गरेको जनाउदै यसलाई अविलम्व खारेज गर्नु पर्ने उनको अर्को माग छ । सरकारले आर्थिक वर्ष २०७४(७५ सम्मको लागि एमबीबीएसका लागि रु काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएसका लागि १९ लाख ३२ हजार तोके अनसार नै शुल्क कायम गर्नु पर्ने डा.केसीले बताए । सरकारी निर्णय विपरित माफियाको मिलोमतोमा शुल्क बढाउने डिन राजेन्द्र कोजु र उपकलपति रामकण्ठ मकाजुलाई तुरन्त कारबाही गर्नु पर्ने उनको माग छ ।
यस्तै उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निजी मेडिकल कलेजमा चिकित्साशास्त्रमा स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गर्नु पर्ने समेत उनको माग हो । खाली घरलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीलाई बर्खास्त गरेर कारबाही गर्नु पर्ने जनाउदै डा.केसीले चिकित्सा शास्त्र अध्ययन संस्थानवाट त्रिविले खोसेर लगेका सवै अधिकारहरु तत्काल फिर्ता गरिनु पर्ने समेत केसीले जनाएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तुरन्त अध्ययन(अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरिनु पर्ने समेत उनी वताउछन । यस्तै कैलाली, दाङ्गका सरकारी मेडिकल कलेजको काम छिट्टै अघि बढाउन माग गरेका छन ।
यति मात्र नभइ डोटी (डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाचथर–तेह्रथुम आदि ठाउमा समेत तुरन्त सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइनु पर्ने डा.केसीको माग छ । आयल निगमका बर्खास्त प्रमुखमाथि छानविन गरेर हिनामिना गरेको रकम असुल गर्दै कारवाही बढाउनु पर्ने माग गर्दे डा.केसी उक्त भ्रष्टाचार काण्डमा उनी संग मिलेर भ्रष्टाचार गर्ने सबै तहका व्यक्तिहरु संगै भ्रष्टाचार गरेको पुष्टि भएर पनि कारवाहीमा नपरेका अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुलाइ तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरिनु पर्ने माग गरेका छन ।
संविधान संशोधनमा भारतको पोजिसन कायमै भाद्र ८, २०७४ मधेस केन्द्रित दलहरुको माग र संविधान संशोधनको विषयमा आफ्नो पोजिसन निरन्तर एउटै र स्पष्ट रहेको भारतीय विदेश सचिव एस जयशंकरले बताउनुभएको…Read More
युरोपका उत्कृष्ट खेलाडी आज घोषणा हुनेभाद्र ८, २०७४- युईएफएले २०१६/१७ सिजनको उत्कृष्ट खेलाडीको नाम आज घोषणा गर्दैछ । दश दिन अघि उपाधि होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरिएको थियो…Read More