दमास्कस – सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र अरु दर्जनौ घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि समाचारमा जनाइएको छ ।
‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस’का अनुसार गत जुन देखि अहिले सम्म अमेरिकी नेतृत्वको हवाई आक्रमणमा परी एक हजार ११७ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २६७ जना बालबालिका र १६४ जना महिला रहेको पनि उक्त संस्थाले जनाएको छ ।
म्यादी पोसाकमा बजेट दुरुपयोगकाठमाडौं, वैशाख १६ – स्थानीय निर्वाचनका लागि नियुक्त म्यादी प्रहरीको ‘युनिफर्म’ का लागि सरकारले दिएको बजेट बढी भएको पाइएको छ। आजको अन्नपूर्ण पोष्टमा …Read More