टेलिभिजनका विज्ञापनमा मोडेलको रूपमा काम गरिरहेकी उकुषा गिरीले काठमाडौंमा आयोजना भएको ‘मिस एसिया नेपाल २०१७’ को उपाधि जितेकी छन् । उनलाई यसअघिकी विजेता सुप्रभा घिमिरेले ताज पहिर्याइदिएकी हुन् । उपाधिसँगै उनले आगामी असोजमा श्रीलंकामा हुने ‘मिस एसिया ग्लोबल २०१७’ को समेत प्रतिनिधित्व गर्नेछिन् । १८ वर्षीया उनले उपाधिवापत ५० हजार रुपैयाँ प्राप्त गरिन् । साथै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत प्राप्त गरेकी छन् । उनले मिस एसिया नेपाल २०१७ को टाइटलसहित मिस पर्सनालिटीको उपाधि पनि जितेकी छन् ।
भाइरलका बिरामी बढे भाद्र १२, २०७४- दुई सातायता जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका छन् । दैनिक सय जनाजति भाइरल प्रभावित उपचारार्थ जिल्ला अस्पताल आउने गरेका हुन् …Read More