४, २०७४- यातायात व्यवस्था विभागको लापरबाहीका कारण स्मार्ट लाइसेन्सको सर्भरमा पटक–पटक खराबी आउने गरेको छ । विभागले सर्भरको क्षमता निकै कम भएको भनी वर्षौंअघि सुधार्ने बताएको थियो तर हालसम्म सुधार गर्नमा चासो नदिँदा बेलाबेलामा सर्भर डाउन हुने गरेको छ । यसको विरोधमा सेवाग्राहीले मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वाग्मती एकान्तकुनामा नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । तालाबन्दीपछि कर्मचारीहरू कार्यालयभित्रै थुनिएका थिए । उनीहरूले कार्यालयको स्मार्ट कार्ड सिस्टममा पटक–पटक खराबी आई कामकाज प्रभावित हुने गरे तापनि समस्या समाधान गर्न चासो नदिएको भन्दै होहल्ला, गालीगलौज गरी कार्यालय घेराउ र केहीबेर चक्रपथसमेत अवरोध गरे । कार्यालयमा हूल नियन्त्रण गर्न आएका प्रहरी र सेवाग्राहीबीच झडपसमेत भयो । सोमबार पनि प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वाग्मतीका प्रमुख तेजनारायण यादवले सिस्टममा देखिएको कमीकमजोरीलाई सुधार गर्न विभागलाई पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा पनि चासो नदिएको गुनासो गरे । ‘विभागले समस्या समाधान गर्न गम्भीरता कहिल्यै लिएन,’ उनले भने, ‘सेवाग्राहीले कर्मचारीलाई हातपात गरेमा कसले जिम्मेवारी लिने ?’ उनले ७ गतेसम्म कार्यालयबाट दिँदै आएको सम्पूर्ण सेवा बन्द हुने जनाए । यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले सर्भरमा आएको खराबी समाधान गर्न कोसिस भइरहेको दाबी गरे । ‘सेवाग्राहीको चाप बढी भएअनुसार सफ्टवेयर अपडेट गर्न नसक्दा समस्या भएको हो,’ उनले भने, ‘समस्या समाधान गर्न अध्ययन टोली गठन भएको छ । टोलीले शुक्रबारसम्ममा रिपोर्ट दिन्छ ।’
बडादशैँको साइत सार्वजनिक नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ ।विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुने…Read More