: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेता–कार्यकर्ताले उन्मुक्ति नपाउने बताउनु भएको छ । बुधबार बिहान ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘देश माओवादीकै एजेण्डामा चलिरहेको छ । माओवादी नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम पनि गर्यो । तर, निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौं । त्यसको दोष जनतालाई दिएर हामीले उन्मुक्ति पाउँदैनौं । हामीले जनतालाई किन बुझाउन सकेनौं ? किन राम्रो संगठन बनाउन सकेनौं ? किन जनताको विश्वास जित्न सकेनौं ? त्यतातिर गम्भीर समीक्षा गरेर मात्र नयाँ पार्टी बन्छ ।’ क्रान्तिकारीहरुको एकता अनिवार्य भएकोमा जोड दिँदै प्रचण्डले भन्नुभयो, ‘साथीहरु माओवादी आन्दोलनबाट विभाजित भएर जानुभयो । तर, कसैले पनि फुटको औचित्य पुष्टि गर्न सक्नुभएन । जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको बिकल्पै छैन भन्ने सन्देश दिएर पठाएका छन् । अब सबै माओवादी एक हुनुको बिकल्प छैन । अहिले चलिरहेको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीहरुको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपील गर्दैछौं । यसले एकताको वातावरण बनाउँछ भन्ने मेरो विश्वास छ ।’ संगठन बिनाको माओवादीको औचित्य नहुनेमा जोड दिँदै अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘संगठन बिना चुनाव पनि जितिन्न, आर्थिक समृद्धिको नेतृत्व गर्न पनि सकिँदैन । अनि, राजनीतिक संघर्षको नेतृत्व पनि गर्न सकिन्नँ । त्यसैले संगठन, संगठन र फेरि पनि संगठनको नारासहित जनतामा जानुको कुनै बिकल्प छैन ।’
केसीसहित ६ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गणेशबहादुर केसीसहित विभिन्न पार्टी परित्याग गरी छ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ललितपुरको थासीखेलमा बुधबार आयोजित कार्यक्रममा नेता केसीसहित ६ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्ने कांग्रेस नेता–कार्यकर्तामा रामप्रसाद बजगाई, रमेश दाहाल, गुप्त बहादुर बराम, तीर्थराम महर्जन, नकुल महर्जन, रामबहादुर बि.क., गोविन्द प्रसाद दाहाल, श्याम तामाङ, सुजाता केसी, कुबेर बस्नेत, राजन केसी, भीमसेन सत्याल, रमेश घिमिरे, रबिन्स घिमिरे केसी, बालकृष्ण तिमिल्सिना, विजय बाँस्कोटा, दमन केसी, चन्द्र घले, गौबिर थापा, लालध्वज खतिवडा, टंकमणि सत्याल, रमेश शाही, गुरुकूल महर्जन, शान्तिदेवी बज्राचार्य, शिबकुमारी खकुरेल, दिपाकुमारी पौडेल, भगवती बिष्ट लगायत रहेका छन् । यसैगरी एमालेबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा कृष्णप्रसाद घिमिरे, केशवप्रसाद तिमिल्सिना, सुरेश घिमिरे, केपी न्यौपाने, हरिहर पाठक, सानुकाजी महर्जन, रुपेश धिमाल, कर्मा शेर्पा रहेका छन् । अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेहरुमा विनोद तिमिल्सिना, आशिषराज बस्नेत, भीमप्रसाद घिमिरे, अशोक महर्जन, ज्ञानकुमार महर्जन, श्यामकाजी महर्जन, सुरेश महर्जन, लवदेव अवस्थी, फडिन्द्र पाण्डे, छोटु लामा, जुनादेवी पराजुली लगायत रहेका छन् । माओवादी केन्द्र प्रवेश गर्ने नवआगन्तुक नेता–कार्यकर्तालाई पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी प्रवक्ता पम्फा भुसालले खादा र टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रममा ललितपुर जिल्लाबाट स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।
माइक्रोबस ठोक्किदा २० घाइते (फोटो फिचर)माइक्रोबस ठोक्किदा २० घाइते (फोटो फिचर)काठमाडौँ बाट चितवन तर्फ जादै गरेको बा. ३ ख. ३८ नम्बरको र गोर्खा बाट काठमाडौँ तर्फ जादै गरेको ग. १ ज. ५८७० नम्ब…Read More
बच्चा जन्माउन नसकेर गैंडाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा केटो (बच्चा) जन्माउन नसकेर गैँडाको मृत्यु भएको छ। करिब पाँच वर्षको गैँडा यसरी मृत्यु भएको पाइएको निकुञ्जका बरिष्ठ पशु…Read More