वैदेशिक रोजगारीमा जानेले दुईवटा बैंक खाता खोल्नैपर्ने

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैदेशिक रोजगारीमा जाने नेपालीले अब अनिवार्य रुपमा दुईवटा बैंक खाता खोल्नुपर्ने प्रावधान सरकारले ल्याउने भएको छ । दुई खातामध्ये एउटा आफ्नो नाममा हुनेछ भने अर्को परिवारका नाममा ।

श्रममन्त्री फरमुल्लाह मन्सुरले उपभोग मै रेमिट्यान्स सकाउने क्रम रोक्न दुई आताको अवधारणा ल्याइएको बताए ।उनले भने, ‘वैदेशिक रोजागारीमा गएका व्यक्तिले अहिले पनि हुण्डीबाट पैसा पठाउने गरेका छन् । यो रोक्नलाई दुईवटा बैंक खाता अनिबार्य रुपमा खोल्नुपर्ने व्यवस्था गर्दैछौं ।’

अहिले बैदेशिक रोजगारीमा गएका ब्यक्तिले नेपालमा पठाउने रकम अधिकांश उपभोगमा खर्च हुने गरेको छ । अधिकांश रकम उपभोगमा खर्च नहोस् भनेर घर खर्चका लागि छुट्टै परिवारको खाता खोल्ने व्यवस्था गर्न लागिएको हो ।

साथै अहिले बैदेशिक रोजगारीमा गएकाहरुले रकम घरमा पठाउने तर घरमा श्रीमतीले रकम लिएर अर्कैसित हिँड्ने गरेका घटना पनि धेरै सुनिन्छन् । दुई वटा खाता खोलेपछि यसमा कमि आउने आशा गरिएको छ ।

सरकारले बिमा पनि परिवार र आफ्नो दुबै गर्नुपर्ने व्यवस्था गर्न लागेको छ । यसअघि वैदेशिक रोजगारीमा जानेले आˆनो बीमा गरेर जानुपर्ने व्यवस्था थियो ।मन्त्रिपरिषदबाट पारित स्वास्थ्य बीमा विधेयक २०७३ मा परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै बैदेशिक रोजगारका लागि जान पाइन ब्यवस्था छ ।

व्यवस्थापिका संसदमा यो बिधेयक दर्ता भएको छ । संसदले पास गरेपछि मात्रै यो विधेयक पुर्ण रुपमा कार्यान्वयनमा आउँनेछ ।विदेशमा काम गरिरहेका नेपालीले घर पठाउने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम मात्रै तिनका परिवारले बचत गर्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

नेपालमा रेमिट्यान्सको उपयोगबारे राष्ट्र बैंकले गतवर्ष गरेको अध्ययनले यस्तो देखाएको थियो। नयाँ अध्ययनले विदेशमा कमाएको मध्ये २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्न र २४ प्रतिशत रकममात्रै दैनिक उपभोगमा खर्च हुने गरेको देखाएको छ ।

खाडी मुलुक र भारतमात्र होइन पश्चिमा मुलुक, जापान र अस्ट्रेलियाजस्ता सम्पन्न राष्ट्रमा अध्ययन र रोजगारीका लागि जाने नेपालीले कमाएको एक चौथाइ रकम ऋण तिर्न प्रयोग हुने गरेको अध्ययनले देखाएको छ ।राष्ट्र बैंकका अनुसार अध्ययन क्रममा उत्तरदाताहरुले शिक्षा, स्वास्थ्य र अन्य घरायसी खर्चमा रेमिट्यान्स रकमको २३ प्रतिशतमात्रै खर्च गर्ने गरेको बताएका थिए ।

सरकारले गत महिना जारी गरेको आर्थिक सर्वेक्षणले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कुल गार्हस्थ बचतको अंश ५ दशमलव ३ प्रतिशत रहेको बताएको छ । तर जीडीपीमा कुल राष्ट्रिय बचतको अंश ४२ दशमलव ९ प्रतिशत रहेको देखाएको छ ।-

Related Posts: