विवाहलाई हाम्रो समाजमा पवित्र बन्धन मानिन्छ । श्रीमान् र श्रीमतको नातालाई सबैभन्दा उत्कृष्ट र उच्च पनि भनिन्छ । तर पनि श्रीमान श्रीमतीबीच विभिन्न कारणले मनमुटाव हुने तथा झगडा हुन्छ । र कतिपय अवस्थामा सम्बन्ध नै धरापमा पर्ने गर्छ । जसको एक प्रमुख कारण हो एकले अर्कालाई शंका गर्नु । श्रमान् अथवा श्रीमतीले एकअर्कालाई शंकाको दृष्टिले हेर्नुलाई जटिल रुपमा लिनु समस्याको सुरुवात हो । उक्त समस्याबाट छुटकरा पाउन तपाईले आफ्नो दिनचर्यामा केही परिवर्तन ल्याउने कोशिस गर्नुपर्ने हुन्छ ।
हालै गरिएको एउटा अध्ययनले निद्राको कमीका कारण पनि मानिसमा शंका गर्ने प्रवृत्ति बढ्ने गर्दछ । अध्ययनका अनुसार पर्याप्त निद्रा नपुगेको अवस्थामा मानिसमा शंका गर्ने प्रवृक्ति विकास हुने गर्दछ । यस्तो अवस्थामा तपाईको पार्टनरले पनि त्यस्तो गर्न लागेका छन् भने तपाईले उनको निद्रा पूरा गर्ने व्यवस्था सुनिश्चित गर्नेतिर लाग्नुस् ।
महान ब्रिटिश नाटककार विलियम शेक्सपियरले चार सताब्दी पहिला नै लेखेको आफ्नो नाटक मैकबेथमा अनिद्राको सम्बन्ध आशंका र भ्रमहरुसँग रहेको उल्लेख गरेका थिए । अब वैज्ञानिकहरुले राम्रो निद्राको कमीका कारण व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो दुष्प्रभाव पर्न सक्ने ठहर गरेका छन् । लण्डनस्थित किंग्स कलेजले गरेको अध्ययनमा अनिद्रा र शंका गर्ने बानीबीच सिधा सम्बन्ध रहने गरेको निष्कर्ष निकालेको छ।यो अध्ययन जर्नल सिजोफ्रेनिया रिसर्चको नयाँ अंकमा प्रकाशित छ ।
प्रमुख अनुसन्धानकर्ता डाक्टर डेनियल फ्रीमेन भन्छन्, ‘हामीलाई पहिलाबाटै थाहा छ कि एक रात निद्रा नपूग्दा हाम्रो पूरै दिन तनावग्रस्त हुने गर्दछ । निद्रा नपुगेका कारण हाम्रो विचारसमेत अस्तव्यस्त हुने गर्दछ । हामी सबैतिरबाट बेखबर हुन्छौ । दिमागमा शंका र भ्रमहरु पैदा हुनका लागि आदर्श स्थिति उत्पन्न हुने गर्दछ ।’ अनुसन्धनमा भनिएअनुसार नियमित र पूरा निद्रा मानसिक रुपमा स्वस्थ रहनका लागि अत्यन्तै महत्वपूर्ण छ ।
शोधकर्ताहरुले अध्ययनमा ३ सय जनालाई सहभागी गराएका थिए । उनीहरुको निद्रालाई घण्टामा विश्लेषण गरिएको थियो । फ्रीमेनका अनुसार अनिद्राको शिकार ७० प्रतिशत सहभागी शंका र भ्रमको शिकार बनेका थिए । यति मात्र होइन, अध्ययनमा सहभागी ५० प्रतिशत बढी गम्भीर रुपमा अनिद्राबाट पीडित पाइए, उनीहरुमा गहिरो असुरक्षाको भावनासमेत थियो ।
प्लास्टिकका पोकामा सय भन्दा बढी शव=> काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्राडा. प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्…Read More
हरियो खुर्सानी क्यान्सर रोगको अचूक औषधि Day by day modern medical science discovers lots of medicine to protect or prevent our health. In those days peoples are suffering from different dise…Read More