प्रधानमन्त्रीले किन बोलाए आकस्मिक बैठक ?

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख ६, २०७४- वैशाख ३१ गतेको स्थानीय चुनावबारे संशय सुरु भएकाबेला प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिकरुपमा ५ दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको आह्वानमा सरकारी निवास बालुवाटारमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र नेपाल लोकतान्त्रिक फोरमको बैठक बिहान ९ बजेदेखि सुरु भएको छ ।

अनिश्चितकालीन हड्तालसहितका मधेसी मोर्चाको आन्दोलन, चुनावप्रति उपप्रधानमन्त्री विमलेन्द्र निधिको असन्तुष्टि रहेपछि आगामी रणनीति बनाउन प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार छलफलमा चरणबद्ध चुनाव, मिति सार्नेलगायतका विषयले पनि प्रवेश पाउनेछन् ।

Related Posts: