आजको राशिफल – मिति वि.सं. २०७४ साल बैशाख ६ गते बुधबार,तदानुसार इश्वी सन २०१७ अप्रिल १९ तारीख, बैशाख कृष्ण पक्ष

भिडियो सहित हेर्नुहोस !
Advertisement


मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मान्यजनको साथ सहयोगमा गरीएका कार्यबाट बिषेश लाभ लिन सकिनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने अवसर जुट्नेछ । सामुहिक कार्यमा अगाडि बढ्नुपर्ने समय रहेको छ । बिद्या ब्यपारको क्षेत्रमा सोचे अनुरुपको समय दिन नसकिएला । दिन मध्यम रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामान्य खर्च भएतापनि खर्चको सदुपयोग भएको बोध रहनेछ । यात्रा मनोरम रहनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजुभाईको साथ सहयोग प्राप्त रहनाले कार्य सम्पादनमा शाहस बड्नेछ । पारीबारका कोहि सदस्यको स्वास्थमा देखापरेको समस्या झेल्नु पर्ने सम्भाबना रहेको छ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ सम्बन्धी समस्याले सताउनसक्नेछ । तपाईको बोलिको खराब अशर देखापर्नेछ । साजेदारीकाममा भने मनग्य लाभ प्राप्त हुनेछ । भोजभतेरमा सरीक हुने अबशर प्राप्त रहनेछ । सामान्य स्थान्तरणका कारण कार्य क्षेत्रमा साधारण झन्भट ब्यर्होनु पर्नेछ ।


कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ब्यापार ब्यवसायमा सामान्य घाटा आईपर्न सक्छ । पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । शारिरीक आलस्ताले सताउन सक्छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ । पती पत्नि बिच मन मुटाब हुन सक्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिस्प्रदामा उत्रन तपाईकोे समय ले त्यति साथ दिने छैन । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । दिन मध्यम रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारीबारीक साथसहयोगले मन प्रशन्न रहला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाईका रोकिएका कार्यहरु पूृनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साहित्य क्षेत्रमा रुचि जाग्ने छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनमा सामान्य चिन्ताले सताउन सक्छ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
धनमालमा क्षति पुग्न सक्छ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिभिन्न आम्दानिका स्रोतहरु फेला पर्ने छन । कार्य कुशलताले गर्दा सबै क्षेत्रमा चर्चा चल्नेछ । कुलकुटुम्बहरुको साथ सहयोले मन प्रशन्न रहला । आकस्मीक धन लाभको योग रहेको छ । हराएका सामान हरु फेला पर्न सक्नेछन । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला


Related Posts: