अष्ट्रेलियाले विश्वका विभिन्न देशहरुबाट कामदार लैजान तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ । अष्ट्रेलियाले यसअघि ४५७ भिसा सबक्लास अन्तर्गत विदेशी कामदार आफ्नो मुलुकमा भित्र्याउँदै आएको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री म्यालकन टर्नबुलले पत्रकार सम्मेलन गर्दै अष्ट्रेलियाले अप्रवासी कामदार भित्र्याउने भिसा सबक्लास ४५७ रद्ध हाललाई रद्ध गरिएको जानकारी गराए । ‘अष्ट्रेलिया आप्रवासीहरुको मुलुक हो र सधैं रहनेछ, तर हामीले राष्ट्रिय स्वार्थ अनुसारको आप्रवासी नीति बनाउनु आवश्यक छ ।’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री टर्नबुलले भने ।
‘यो निर्णय अष्ट्रेलियाली नागरिकहरुका लागि हो । यसले के देखाउँछ भने अष्ट्रेलियाको रोजगारी अवसरमा अष्ट्रेलियालीहरु पुर्ति गरिनेछ ।’ उनले थपे । सन् २०१६ को सेप्टेम्बरसम्म ४५७ भिसामा अष्ट्रेलियामा रहेका आप्रवासीको संख्या ९५ हजार ७५७ छ । अष्ट्रेलियाली सरकारको यो घोषणाले दक्ष कामदारको रूपमा त्यहाँ रहेका नेपालीहरू पनि प्रभावित हुनेछन् । यद्यपी उनले नयाँ नीति कहिले लागु हुने भन्ने विषय चाहीं खुलाएका छैनन् ।
यसअघि अष्ट्रेलियाले आफ्नो देशमा अभाव रहेका क्षेत्रमा विश्वका विभिन्न देशहरुबाट कामदार लैजाने गरेको थियो ।