बैशाख । सिरियाको राजधानी दमासकसनजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान सबेरै भीषण विस्फोट भएको बिशेष कारण नबताइ मानव अधिकार समूहले जानकारी दिएको छ । विस्फोटन भीषण भएको यसको आवाज दमासकसबाट नै सुनिएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सिरियाको राजधानी दमासकसबाट २५ किलोमिटर दक्षिणपूर्वमा सो अन्तर्राष्ट्रिय विमानस्थल पर्दछ । युद्धग्रस्त यस देश सिरियाको सुचना स्रोतको रुपमा रहेको बेलायतसँगआवद्ध अब्जरभेटरी यस विस्फोटनको पुष्टि गर्दै यो विमानस्थल भित्रभने नभएको प्रष्ट पारेको छ । विस्फोटनको कारण भने प्रष्ट नभएको अब्जरभेटरीका प्रमुख अब्देल रहमान रामीले बताउनु भएको छ ।
सिरियाका सरकारको विरोध गर्दै सन् २०११ बाट सुरुको भएको द्वन्द्वमा परी सो समयदेखि हाल सम्म ३ लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । उक्त द्वन्Þद्वमा परी लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ देश भित्र र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन् । ओएसनेपालबाट
ओप्पोको ‘ए ३७’ को ब्ल्याक एडिसन भाद्र १२, २०७४- ओप्पोले नेपाली उपभोक्ताका लागि आफ्नो सेल्फी एक्स्पर्ट ‘ए३७’ लाई कालो रङमा बजारमा उपलब्ध गराएको छ । सार्वजनिक गरिएको नयाँ एडिसनमा परिष्…Read More
हत्या विरुद्ध महिलाहरु सडकमा भाद्र १२, २०७४- असार २९ गते राति हत्या गरिएकी आठराइ त्रिबेणी गाउँपालिका-१ निगुरादिनकी सृजना कुरुङवाङ थलङको हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिलाहरु आ…Read More