सावधान ! कतै तपाइंकाे घर अासपासमा सर्प नचाउँदै हिँड्ने सपेरा त छैनन् ? पुरा पढ्नुहोस !

भिडियो सहित हेर्नुहोस !
Advertisement
बिर्तामोड–१ स्थित देवी पञ्चकञ्या प्लटिङमा यसरी सर्प नचाउँदै आउने सपेराले सर्वसाधारण ठगेपछि स्थानीयवासीले दुई जना सपेरा पक्राउ गरी आइतबार प्रहरीलाई बुझाएका छन् ।
विगत केही दिनदेखि बिर्तामोड आसपासमा सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आएका भारतको नजवगड दिल्ली निवासी २९ वर्षीय बुधु नाथ र सोही ठाउँका ३२ वर्षीय शोकवीर नाथ जोगी बाबालाई स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।

उनीहरुले स्थानीय शोभा कँडेललाई रुद्राक्ष देखाएर ठगी गर्दा गर्दै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएको बताइएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।
उनीहरुका साथबाट प्रहरीले रुद्राक्ष, सर्पका सामान बरामद गरेको छ । प्रहरीका अनुसार आफूसँग भएको एकमुखे रुद्राक्षले राम्रो गर्ने र रु एक हजार १०० दिए उक्त रुद्राक्ष दिने भन्दै सर्वसाधारणलाई उनीहरुले ठगी गर्दै आएका थिए ।

Related Posts: