३० असोज–‘नटिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ...’ महाकवि देवकोटाको कविताले भनेजस्तै फूलका कोपिलालाई जोगाउँदै हुर्कन दिने परम्परा आदिमकालदेखि चल्दै आएको छ । फूल फूलाउनुको उद्देश्य त्यस वरपरको वातातरणलाई सुन्दर राख्नका लागि मात्र होइन, त्यसलाई खास अवसरहरुमा प्रयोग गर्नु पनि हो ।
हाम्रो जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुनुले फूलको महत्व उँचो मानिन्छ । त्यसो त प्रेम, आस्था, शुभकामना, सम्मान व्यक्त गर्ने साधन मात्र होइन, सुन्दरताको बयान गर्ने अलंकार पनि हो फूल । मानव जीवनको अभिन्न ‘अंग’ भैसकेको फूलको माग बजारमा दिन प्रतिदिन बढ्दो छ ।
नेपालमा परम्परागत रुपमा रैथानेदेखि व्यवसायिक रुपमा हाइब्रिडसम्मका फूल उत्पादन हुने गरे पनि माग अनुसारको आपूर्ति भने हुन सकेको छैन । नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय हाल सम्म आइपुग्दा ४० भन्दा बढी जिल्लामा लगभग साढे सात पुष्प फर्म÷नर्सरीहरु बिस्तार भईसकेको फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले जनाएको छ ।
करोडौंको कारोबार नेपालमा वार्षिक रुपमा ५ करोड रुपैयाँ बराबर फूलको कारोबार हुने अनुमान गरिन्छ । स्वदेशी उत्पादन कम हुँदा तिहारका बेला लाखौं रुपैयाँको फूल भारतबाट आयात गर्नुपरेको छ । नेपाली बजारमा वर्षेनी एक करोड रुपैयाँ भन्दा बढीको फूल भारतबाटै आयात हुने गरेको पुष्प व्यवसायी संघले जनाएको छ ।
नेपालमा मौसमी फूल मात्रै बढी उत्पादन हुने हुँदा वर्षभरी जन्मदेखि मृत्युका संस्कारमा आवश्यक फूलको आपुर्ति भारतबाटै हुने गरेको पुष्प व्यवसायी एवम् संघका पुर्व अध्यक्ष लोकनाथ गैरे बताउँछन् । उनका अनुसार नपालमा फूल वर्षभरी आवश्यक हुन्छ । तर मागअनुसार उत्पादन भने हुँदैन ।
तिहारमा झण्डै एक करोडको आयात
पुष्प व्यवसायी संघका अनुसार यो वर्षको तिहारमा नेपाली बजारमा झण्डै १५ लाख फूलको माला खपत हुने संभावना छ । तिहारमा आवश्यक फूलको मालामध्ये करिब ३ लाख माला भारतबाट आयात हुने संघका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन् । उनका अनुसार भारतीय बजारमै सरदरमा ३० रुपैयाँ पर्ने फूलको मालाको हिसाब गर्दा तिहारमा मात्रै झण्डै एक करोड बराबरको माला आयात हुँदैछ । नेपाली बजारमा मागअनुसारको उत्पादन नभए पनि किसानहरु पुष्प व्यवासायप्रति आकर्षित हुन थालेको उनको भनाइ छ ।
राजधानी उपत्यकाका तीन जिल्लासहित उपत्यका आसपासका नुवाकोट, धादिङ, चितवन, मकवानपूर लगायतका जिल्लामा व्यवसायिक रुपमा फूल उत्पादन हुने गरेको श्रेष्ठले जानकारी दिए । नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सरकारले फूल खेतीतर्फ किसानलाई आकर्षित गर्ने अभियानमा लाग्न जरुरी रहेकोमा श्रेष्ठले जोड दिए ।
कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यसअघि नेपाल राष्ट्र बंैकले १५ देखि २० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा लगानी गर्न वित्तीय संस्थालाई अनिवार्य गरेको थियो । तर कृषिमा ऋण लिने क्रम अझै बढ्न नसक्दा त्यसको असर फूल उत्पादनमा समेत परेको छ । यसले गर्दा तिहारमा सधैं भारतबाट फूल आयात गर्नुपर्ने बाध्यता हट्न नसकेको व्यवसायीहरु बताउँछन् । वित्तीय संस्थाबाट सहजै ऋण लिएर फूल खेती गर्ने हो भने तिहारका लागि भारतबाट मखमली र सयपत्री आयात गर्नु नपर्ने व्यवसायीहरु बताउँछन् ।
फिल्म रिलिज छाडेर नायिका मलिना अमेरिकातिरफिल्म रिलिजको बेलामा हाराउने र प्रचारलाई बेवास्ता गर्ने नेपाली कलाकारको पुरानै रोग हो। कहिले के त कहिले के बहानामा कलाकार फिल्मको प्रचारमा आउँदैनन्।…Read More
एनआरएन अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी गैरआवासिय नेपाली संघ (एनआरएन)को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी गुरुङले आफ्नो उम्मेदवारी …Read More
विश्व क्रिकेट लिगमा शरद नखेल्नेआइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले ग…Read More