३० असोज — सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) विरुद्ध लडिरहेको रुसका सैनिकहरू आफ्ना लागि लाइफ पार्टनर किनिरहेका छन् ।त्यहाँ भाडाको सैनिकका रूपमा काम गर्ने रुसी सेनाका एक पूर्वसैनिकले यो खुलासा गरेका हुन् । यी सैनिकहरू यौनसाथीका रूपमा कुमारी सिरियाली युवतीहरूलाई खोज्छन् र त्यसका लागि उनीहरू लगभग १० हजार रुपैयाँ खर्चिन्छन् ।
मस्कोले भने त्यहाँ यी सैनिकहरूलाई आफूले तैनाथी नगरेको बताउँदै आएको छ ।
पूर्वसैनिक सर्गेले बताएअनुसार, सिरियामा आरामका लागि रुसी लडाकुहरूले कुमारी युवती किनेर श्रीमतीका रूपमा राख्ने गरेका छन् ।
उनीहरूलाई एक वर्षसम्म किन्नका लागि १० हजार रुपैयाँ र सधैंका लागि चाहिँ डेढ लाख रुपैयाँभन्दा बढी तिर्ने गरेका छन् ।
सर्गे युक्रेनको डोनेत्स्कका हुन् र भाडाको सैनिकका रूपमा उनले युक्रेनमा चार वर्ष बिताए अनि पछि उनलाई सिरियामा तैनाथ गरियो ।
उनका अनुसार, भाडाका सैनिकहरूको खासमा कुनै अस्तित्व हुँदैन र उनीहरूलाई नियमित सैनिक बलसँग भेटघाट गर्ने अनुमति पनि दिइँदैन ।
आफूहरूको काम दिक्कलाग्दो भएपनि एक श्रीमती किन्न चाहिँ आफूहरूलाई छुट रहेको उनी बताउँछन् । राम्रो परिवारकी कुमारी कन्या टन्न पैसा तिरेपछि पाइने उनको भनाइ छ ।
तीन चरणको चुनावपछि संविधान संशोधन : नेपाल११ असार विराटनगर । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको तीनै चरणको चुनाव सकिएपछि शीर्ष तीन दल र राष्ट्रिय जनता पार्टीबीच छलफल गरेर संबिध…Read More