महिलाहरुमा नितम्ब ठूलो हुनुलाई कामुकतासँग जोडिन्छ । तर नितम्बको सम्बन्ध केवल कामुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नितम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भाग्यमानी र सुरक्षित हुन्छन् ।
वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनले देखाएको छ ।
सेल रिसर्च जनलमा छापिएको अध्ययन अनुसार जिउको तल्लो भागमा बोसो कम हुने मानिसमा हृदयरोग तथा मृत्युको आशंका बढि हुन्छ । तर यो नियम मोटोपनाले ग्रस्त मानिसहरुमा लागू हुँदैन । किनकी उनको फोक्सो तथा मुटुको आसपास पहिले नै बोसो जमिसकेको हुन्छ र त्यसले नितम्बमा बोसो जम्मा हुनुको कुनै अर्थ छैन ।
विज्ञका अनुसार नितम्ब र जाँघ भनेको जिउको बोसो सुरक्षित रुपमा तह लगाउने उपयुक्त ठाउँ हुन् । पेटको बोसोको तुलनामा नितम्ब वा जाँघको चर्पी धेरै अर्थमा उपयुक्त हुन्छ । किनकी पेटको बोसोले रगतमा धेरै फ्याट्टी एसिड छाड्दछ । जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक वा कोलेस्ट्रोलको खतरा बढ्दछ ।
बम समातेर फाल्ने प्रहरी पुरस्कृत१९, २०७४- स्थानीय तह निर्वाचनका बेला दाङको मतदान केन्द्रमा सुरक्षाकर्मीतिर हानिएको बम टिपेर फाल्ने प्रहरी दुर्गाबहादुर रानालाई बिहीबार पुरस्कृत गरिएको…Read More
रोबोकुट बोकेर अमेरिकामा अमेरिकामा भएको ग्लोबल कम्पिटिसनमा रोबर्र्ट निर्माणमा दक्षिण एसियामा दोस्रो र विश्वमा ३८औं स्थान ल्याउन सफल काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित शिखरपु…Read More