असोज- कांग्रेसको समानुपातिकतर्फतको बन्दसूचीमा गुटगत हाबी देखिएको छ । आइतबार मध्यरातसम्म पनि संसदीय समितिका सदस्यहरू उम्मेदवारको नाम थप्ने र काट्नेमा व्यस्त देखिए, नयाँ पत्रिकामा खबर छ ।
समितिमा सदस्य रहेका डा.महत दाजुभाइ (प्रकाश शरण र रामशरण)बीच उम्मेदवारको नाम थप्ने र काट्न रस्साकस्सी चलेको थियो । दाजु यो नाम उम्मेदवारमा राख्नुपर्छ भनी सच्याउँथे भने भाइ महत हुँदैन भन्दै काट्थे । डा.रामशरण महतलाई समितिका अर्का सदस्य डा.मिनेन्द्र रिजालले सहयोग गर्थे । समितिमा रहेका सदस्यहरू सीतादेवी यादव, एनपी साउद, फरमुल्लाह मन्सुर मध्यरातसम्म आयोगको सभाहलमा नाम थप्ने र काट्नेमा व्यस्त थिए ।
भाइरलका बिरामी बढे भाद्र १२, २०७४- दुई सातायता जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका छन् । दैनिक सय जनाजति भाइरल प्रभावित उपचारार्थ जिल्ला अस्पताल आउने गरेका हुन् …Read More