प्राधिकरणको विपरीत आस्था भएका कर्मचारीरूपी राजनीतिक प्राणी छन्, जो कुलमानको यो कार्यलाई सहजताका साथ स्वीकार गर्दैनन् । कुलमानले कहाँ गल्ती गर्ला वा कहाँ खोचे थाप्न पाइन्छ भनेर उनीहरू प्रतीक्षारत छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


विद्युत् प्राधिकरणले २०६४÷०६५ मा सीएफएल बत्ती बालौं भनेर प्रचार मात्र गरेन, उसका उपभोक्ताले सहज रूपमा पाउने बन्दोबस्तीसमेत मिलायो । त्यतिबेला उपभोक्तामा अहिलेको जस्तो कम ऊर्जा खपत हुने विद्युतीय उपकरण प्रयोग गर्नुपर्छ भन्ने व्यापक जानकारी थिएन । प्राधिकरणको व्यवस्थापनमाथि त्यतिबेला पनि कमिसनका लागि दी प्रपञ्च (सोएफएल) रचिएको भन्ने आरोप लगाइएको थियो, विशेषगरी इन्भर्टरका व्यापारीहरूमार्पmत । अहिलेको सूचना र प्रविधिको युगमा उपभोक्ताहरूको चेतना स्तर कति वृद्धि भएको देखिन्छ भने गत हिउँदमा प्राधिकरणले साँभपख (पिक आवर) कम बत्ती बालौं, धेरै ऊर्जा खपत गर्ने विद्युतीय उपकरण (हिटर, वासिङ मेसिन, खानेपानी तान्ने पम्प आदि) नचलाऔं भनेर आम उपभोक्तासँग अनुरोध गरेको थियो । उक्त अनुरोधअनुसार उपभोक्ताले पिक आवरमा कम बिजुली खपत गरे ।

यसको ज्वलन्त उदाहरण पिक आवरमा प्राधिकरणले अनुमान गरेभन्दा कम विद्युत् माग भयो । प्राधिकरणले गत हिउँदको बेला प्रणालीमा करिब १६ सय मेगावाटदेखि १२५९ मेगावाटसम्म माग हुने अनुमान थियो । यसले बदलिँदो प्रविधिअनुरूप उपभोक्ताले कम बिजुली खपत गरे र प्राधिकरणलाई माग व्यवस्थापन गर्न सजिलो भयो । फलस्वरूप गत वर्षको लक्ष्मीपूजादेखि उपत्यकालगायत देशका प्रमुख सहरहरूमा लोडसेडिङ हुन पाएन । यसरी आम उपभोक्ताले साँझपख कम बिजुली खपत गरिदिएर प्राधिकरणको महान् कार्यमा सहयोग पुर्‍याए ।

विश्वव्यापी रूपमा कम ऊर्जा खपत गर्ने अभियान चलेको छ । छिमेकी भारतमा विगत केही वर्षदेखि सुरु भएको यो अभियानबाट उसको प्रणालीमा ६ हजार मेगावाट विद्युत् बचत भएको छ । भारतमा यो अभियान सुरु भएयता २२३ करोड ४० लाख थान एलईडी वितरण भइसकेको छ भने यसबाट एक खर्ब २० करोड भारु बचत भएको छ । भारतलगायत युरोप, अमेरिका, अफ्रिकामा ऊर्जा बचत अभियान प्रविधिको विकासका कारण सुरु भएको हो । ऊर्जा संकटका बेला एक युनिट विद्युत् बचाउनु भनेको एक प्रणालीमा एक युनिट विद्युत् थप गर्नुसरह हो । नेपालको सन्दर्भमा मात्र व्यवस्थापन नै लोडसेडिङ न्यूनीकरणको अचुक अस्त्र हो । अघिल्लो वर्षको भदौसम्म दैनिक आठ घन्टा लोडसेडिङ हुनुको मुख्य कारण सुव्यवस्था नभएर हो । प्राधिकरणका तत्कालीन प्रणाली सञ्चालक र व्यवस्थापनले अनियमित रूपमा केही सीमित उद्योगहरूलाई विद्युत् आपूर्ति गरेर उपभोक्तालाई १४ घन्टासम्मको लोडसेडिङ गर्दै आएका थिए । प्रणालीमा चाहे जतिसुकै ऊर्जा उपलब्ध होस्, पहिल्यै लोडसेडिङको तालिका बनाएर गार्हस्थ्यतर्फ विद्युत् कटौती गरिएको थियो । लोडसेडिङमा अनियमितता भएसम्बन्धी यस राष्ट्रिय दैनिकमा पंक्तिकारले बारम्बार आवाज उठाउँदै आएको थियो । तर त्यतिबेला प्रणाली बुझेका चलाख प्रणाली सञ्चालकहरूले वास्ता गरेनन् ।
प्राधिकरणको व्यवस्थापन, ऊर्जा सचिव र ऊर्जामन्त्रीलाई गुमराहमा राखियो । कहाँसम्म भने साउनको मध्य वर्षामा कुलेखानी जलाशयको पानी नौ मिटर खपत गराइयो । तर विद्युत् प्रणाली बुझेका (इलेक्ट्रिकल इन्जिनियर) कार्यकारी निर्देशक भएर कुलमान घिसिङ आए ।
कुलमनको नियुक्तिप्रति ‘असन्तुष्टि’ जनाउँदै प्राधिकरणमा खाइखेली गरेर हालीमुहाली जमाउँदै आएका केही व्यक्तिहरू बाहिरिए, नयाँ समूह बन्यो । त्यसमाथि ऊर्जा मन्त्रालयमा सचिव र नीति महाशाखाका सहसचिव पनि इलेक्ट्रिकल इन्जिनियर परे संयोगवश ।
प्राधिकरणको विपरीत आस्था भएका कर्मचारीरूपी राजनीतिक प्राणी छन्, जो कुलमानको यो कार्यलाई सहजताका साथ स्वीकार गर्दैनन् । कुलमानले कहाँ गल्ती गर्ला वा कहाँ खोचे थाप्न पाइन्छ भनेर उनीहरू प्रतीक्षारत छन् ।
यो समूहले लोडसेडिङको अन्तर्य बुझ्यो र गत तिहारदेखि आफ्नो इमानदारी र प्राविधिक शिल्पयुक्त दक्षता देखाइदिए, फलस्वरूप अहिले उपत्यकालगायत प्रमुख सहरहरू लोडसेडिङमुक्त छ । एक पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले भावुक हुँदै ‘मेरो नियत सफा नभएको भए, म चुप लागेर बस्ने थिएँ र दुई तीन घन्टा मात्र लोडसेडिङ गरिदिएको भए तीनचार करोड रुपैयाँ मलाई बसीबसी आउँथ्यो ।’ कुलमानले यो इमानदारीका कारण आज मुलुकमा अन्धकार हटेको छ । यिनै इमानदार व्यक्तिले आज भारतबाट आयात गर्न लागेको एलईडी चिममा कमिसन खायो भनेर प्रचार गरियो । यसको पछाडि केही कारण छन् ।

Related Posts: