वीरगन्जको श्रीपुरमा रहेको जिल्ला कृषि विकास कार्यालय पर्सामा चोरी भएको छ। कार्यालय प्रमुख वीरेन्द्र कुमार सिन्हाको कार्यकक्षबाट कम्प्युटरका दुइ थान एलसीडी, एक थान हार्ड डिक्स, एक थान ल्यापटप , एक थान क्यामेरा र दराजमा रहेका महत्वपूर्ण कागजातहरु चोरी भएको हो।
शुक्रबार राति मुल प्रवेशद्धारबाटै कार्यालयमा प्रवेश गरेका चोरले कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरा बन्द गरि कार्यालय प्रमुख सिन्हाको कार्यकक्षमा रहेको दराज कार्यालयबाट बाहिर निकालेर त्यसमा रहेको महत्वपूर्ण कागजातका साथै कम्प्युटरको दुइ थान एलसीडी, एक थान हार्ड डिक्स एक थान ल्यापटप र एक थान क्यामेरा चोरेर लगेको प्रहरीले जनाएको छ। कृषि विकास कार्यालयमा रातिको समयमा सुरक्षागार्ड ड्य्टीमा रहने गरेको भएपनि कार्यालयमा चोरी भएपछि घटना शंकास्पद देखिएकाले आवश्यक अनुसन्धान भइरहेको प्रर्साका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले बताए। शुक्रबार राति डयुटीमा रहेका सुरक्षा गार्ड रामनारायण यादवले भने आफु सुतेका बेला चोरीको घटना भएकाले आफुले राति केही थाहा नपाएको बताए। शुक्रबार राति कार्यालयको मुख्य प्रवेशद्धारमा ताल्चा लगाइएको र कार्यालय प्रमुख सिन्हाको कार्यकक्षको ढोका भने खुल्ला रहेको यादवले बताएपनि चोर मुल प्रवेशद्धारबाटै कार्यालयमा प्रवेश गरेकाले घटना शंकास्पद देखिएको
वैशाख १७, २०७४- सर्वोच्च अदालतले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको छ । सर्…Read More
प्रचण्ड सरकार भोलि ढल्दै !..
१७ बैशाख, काठमाडौं । प्रधानन्यायाधिशमाथि महाअभियोग प्रस्ताव दर्ता प्रति असन्तुष्टि जनाउँदै सत्ता घटक दल राष्ट्रिय प्रजातन्त्र पार्टी भोली सरकारबाट ब…Read More