कलेजले एकदिन मात्रै छुट्टी दियो भने पनि घुम्ने योजना बनाइहाल्छिन् ‘मिस टुरिजम’ ओरुष थापा । घुम्नका लागि उनका तीन समुह जहिल्यै तयारी अवस्थामा हुन्छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


कलेजले एकदिन मात्रै छुट्टी दियो भने पनि घुम्ने योजना बनाइहाल्छिन् ‘मिस टुरिजम’ ओरुष थापा । घुम्नका लागि उनका तीन समुह जहिल्यै तयारी अवस्थामा हुन्छन् ।
स्कुले साथीहरुको समुह, कलेजका साथीहरुको समुह र परिवारका सदस्य । तीन मध्ये जुन समुह तयार हुन्छ हिँडिहाल्छिन् । ‘हो मलाई घु\म्न सार्‍है मज्जा आउछ । साथी पाउने बित्तिकै हिँडिहाल्छु । कहिले काँही कहाँ पुग्ने पनि यात्रा तय गरेपछि थाहा हुन्छ ।’ ओरुषाले भनिन् ।
छुट्टी अनुसार यात्रा तय गर्छिन उनी । कलेज छुट्टी छैन तर, कतै घुम्न जान मन लागी हाल्यो र साथी जुटे भने काठमाडौंमै रमाउछिन् । समुहका साथीहरु मध्ये छलफल हुन्छ । आज कहाँ जाने ? बहुमत जता पुग्छ उतै जाने योजना बन्छ ।
काठमाडौंमा यहि ठाउँ भन्ने छैन । मुड अनुसार जता पनि हुन्छ । ‘कहिले पुराना सम्पदा हेर्दा रमाइलो हुन्छ त कहिले धार्मिक बन्दा ।’ ओरुषाले भनिन् । उनीहरुको समुह पशुपतिनाथ, पाटनको कृष्ण मन्दिर, भक्तपुर लगायत विभिन्न मन्दिरमा पनि जाने गरेका छन् ।
स्यम्भु धेरैपटक पुगेको बताइन् । हेरिटेजप्रति रुची राख्ने ओरुषाले धेरै यात्रा भने पाटनमा गरेको बताइन् । पाटन धेरै पटक पुग्नुको कारण केबल यात्रा मात्रै हैन । उनलाई नेवारी परिकार मन पर्छ । नेवारी परिकारका लागि पाटन उत्कृष्ठ लाग्छ । त्यसो त उनका धेरै साथी नेवार छन् ।साथीहरु पनि पाटन जाने भनेपछि खुसी हुन्छन् ।’



छुट्टी १/२ दिनकै छ भने काठमाडौंको खाल्डो पार गर्न मन लाग्छ उनलाई । ककनी, सुन्दरीजल, धुलीखेल नगरकोट, चन्द्रगीरि । छोटो मिठो यात्राका लागि यी ठाउँ उपयुक्त भएको उनको बुझाइ छ । बिहानै गएर बेलुका फर्किन पनि सकिने र एक वास बस्नका लागि यी ठाउँ उपयुक्त लाग्छ उनलाई । घुम्नका लागि उनलाई बार महिना वा सिजन केही चाहिँदैन । मात्रै कलेज विदा भए पुग्छ । साथीभाई जम्मा भए हुन्छ ।

लामै छुटि्ट पाइन् भने काठमाडौं बाहिर जाने गरेकी छिन् । पोखराको सौन्दर्यले भुतुक्कै बनाएको छ उनलाई । पोखरा प्राय परिवारका सदस्यको साथमा जाने गरेकी ओरुषा फेवाताल किनारमा उभिँदा संसार देख्छिन् । ‘फेवाताल किनारमा उभिएर हेर्दा मलाई संसार देखेजस्तो लाग्छ ।’ ओरुषाले भनिन् ‘रारा जाने विचारमा छु तर, जान भ्याएको छैन ।’

प्राकृतिक सम्पदाले सम्पन्न पोखरा धेरै कारणले गज्जब लाग्छ उनलाई । शहर सफा छ । फेवाताल, डेविड फल्स, महेन्द्र गुफा जस्ता घुम्ने ठाउँ धेरै छ । प्याराग्लाइडिङको मज्जा पोखरामै लिन पाइने बुझेकी छिन् उनले ।

मुक्तिनाथ पुगेपछि मनै फेरियो

पहिलो पटक मुक्तिनाथ पुगेकी ओरुषाले त्यहाँ पुगेपछि आफ्नो मनै फेरिएको अनुभव गरिन् । धेरै नेपालीले देखेको र सोचेको भन्दा फरक दृष्य भेटिन्छ मुक्तिनाथमा । उनी भन्छिन् ‘मुक्तिनाथ पुग्दा मान्छेको मनमा सकारात्मक सोचाइ मात्रै आउछ । त्यहाँको भुगोल र हावापानी सबै सकारात्मक उर्जा दिने खालका छन् ।

घुम्न जाने विषयमा कसैले परामर्श मागेमा मुक्तिनाथ जाने सल्लाह दिन्छिन् उनी । भन्छिन् ‘यहि ठाउँ भन्ने छैन । नेपालको जुन ठाउँ गएर पनि तपाई भरपुर मनोरञ्जन लिनसक्नु हुन्छ ।’

Related Posts: